देउवासँग कोइराला रुष्ट

तु खबर संवाददाता
२०७६ चैत्र १, शनिबार ०९:४५
file photo

कांग्रेस महामन्त्री डा. शशांक कोइरालाले सभापति शेरबहादुर देउवाका कारण पार्टीमा एकताको वातावरण विथोलिएको आरोप लगाएका छन् ।

१४ औं महाधिवेशन प्रक्रिया सुरु भइसकेको अवस्थामा देउवाले गरेका निर्णयले महाधिवेशनको निष्पक्षता र सुनिश्चिततामा प्रश्न उठेको उनको भनाइ छ ।

उनले सभापतिको काम, कर्तव्य र अधिकार पार्टीको आदर्श, सिद्धान्त र मर्यादालाई उच्च राख्ने र राख्न लगाउने भएको भन्दै यसप्रति ध्यानाकर्षण गराएका छन् ।

विधानमा तोकिएबाहेकका विभाग बनाइनु, केन्द्रीय सदस्य र आमन्त्रित सदस्यहरूको मनोनयन गरिनुले एकताको वातावरण थप बिथोलिएको देउवालाई बुझाएको पत्रमा उल्लेख छ ।

देउवाले १७ र १९ फागुनमा २० केन्द्रीय विभागको प्रमुख चयन गर्नुका साथै १३ केन्द्रीय सदस्य मनोनयन गरेका थिए । आजको अन्नपूर्ण पोष्टमा समाचार छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*