बागमती प्रदेशसभाको पाँचौं अधिवेशन अन्त्य

तु खबर संवाददाता
२०७६ चैत्र ६, बिहीबार १६:०४
सभामुख सानु श्रेष्ठ

हेटौंडा, ६ चैत्र । बागमती प्रदेशसभाको चालु पाँचौ अधिवेशन अन्त्य भएको छ । बिहिबार प्रदेश प्रमुख विष्णुप्रसाद प्रसाईले नेपालको संविधानको धारा १८३ को उपधारा २ को अधिकार प्रयोग गरि आज राति १२ बजेदेखि लागु हुने गरी अधिवेशन अन्त्य गर्नुभएको हो ।

बागमती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलको अध्यक्षतामा आज बिहान बसेको मन्त्रीपरिषद् बैठकले अधिवेशन अन्त्य होस् भनि पत्र सिफारिस गरेर पठाएको थियो । सोही अनुरुप प्रदेश प्रमुख प्रसाईले अधिवेशन अन्त्य गरिएको सूचनाको पत्र सभामुख सानुकुमार श्रेष्ठले बैठकमा पढेर सुनाएको भएको हो ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*