राजनीति/ समाज
बिपी विचार समाजको आयोजनामा ‘बिपी विचारको औचित्य’ विषयक विचार गोष्ठी
मकवानपुर । बिपी विचार समाज मकवानपुरको आयोजनामा ‘बिपी विचारको औचित्य’ विषयक विचार गोष्ठि बिहिबार आयोजना गरिएको छ । नेपालको राजनीति र साहित्य क्षेत्रमा महत्वपूर्ण योगदान दिएका प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको १०८ औँ जन्मजयन्तीको अवसर पारी सो कार्यक्रम आयोजना गरिएको हो । कांग्रेस मकवानपुरका प्रमुख सल्लाहकार एवम् पूर्व सभापति...
कांग्रेसले मनायो बिपीको १०८ औँ जन्मजयन्ती
मकवानपुर । नेपाली कांग्रेस मकवानपुरले नेपालको राजनीति र साहित्य क्षेत्रमा महत्वपूर्ण योगदान दिएका प्रथम जननिर्वाचित प्रधानमन्त्री बीपी कोइरालाको १०८ औँ जन्मजयन्ती मनाएको छ । विहिबार पार्टी कार्यालय मकवानपुरमा स्वर्गीय कोइरालाले नेपालको राजनीतिक क्षेत्रमा पुर्याएको योगदानको विषयमा छलफल तथा अन्तरक्रिया गर्नुको साथै उनको शालिकमा माल्यापर्णसमेत गरिएको थियो । सो कार्यक्रमलाई...
बजेटसम्बन्धी तीन विधेयक स्वीकृत
काठमाडौँ । नेकपा एमालेको विरोधका बीच प्रतिनिधिसभा बैठकमा बजेटसम्बन्धी तीन विधेयक स्वीकृत भएको छ । आर्थिक विधेयक, राष्ट्र ऋण उठाउने विधेयक र विनियोजन विधेयक बहुमतले स्वीकृत भएको हो । ती विधेयकहरूलाई सभामुख अग्निप्रसाद सापकोटाले निर्णयार्थ प्रस्तुत गर्दा बहुमतले स्वीकृत भएको हो । तीनै विधेयक अर्थमन्त्री जनार्दन शर्माले सदनमा पेश...
एमसीसी उपाध्यक्ष सुमार र प्रचण्डबीच भेटवार्ता
मकवानपुर । अमेरिकी सहयोग परियोजना मिलिनियम च्यालेन्ज कर्पोरेसन ( एससीसी) का उपाध्यक्ष पतिमा सुमारले आज बिहान नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डसंग भेटवार्ता गरेकी छिन् । सुमार प्रचण्ड भेट्न बिहान खुमलटार पुगेकी थिइन् । बिहीबार काठमाडौं आएको सुमार नेतृत्वको टोलीले नेपालका राजनीतिक दलका शीर्ष नेतासंग छुट्टाछुट्टै भेट गरिरहेको...
अफ्ताब आलमको मुद्धा हेर्न नमिल्नेमा
काठमाडौँ । थुनामा रहेका पूर्वमन्त्री मोहमद अफ्ताब आलमको मुद्धामा शुक्रबार पनि सुनुवाई नहुने भएको छ । रौतहट बम विस्फोटको योजनाकार भएको आरोपमा थुनामा रहेका उनले थुनामुक्त गरी साधारण तारेखमा मुद्दा लड्न पाउँ भन्दै रिट निवेदन दिएका थिए । उनको रिटमाथि न्यायाधीश दीपककुमार कार्की र हरि फुयालको संयुक्त इजलासमा पेशी...
कांग्रेसको संगठन चुस्त बनाउन मेरो उम्मेदवारी – बानियाँ
मकवानपुर । नेपाली कांग्रेसको महाधिवेशनको चुनावी सरगर्मी सुरु भएको छ । मकवानपुरका १० वटै स्थानीय तहको नगर/गाउँ समितिको निर्वाचन आगामी भदौ २७ गतेका लागि तय भएको छ । महाधिवेशनले उत्साह छाएको बेला स्थानीय क्षेत्रमा उम्मेदवारी घोषणा गर्न थालिएको छ । कांग्रेसको राजनीतिमा बिगतको तुलनामा यो पटक युवा पुस्ताको सक्रियता...
अन्तरराष्ट्रिय साक्षरता दिवसमा ४९ शिक्षकलाई सम्मान
मकवानपुर । हेटौंडा उपमहानगरपालिकाले अन्तरराष्ट्रिय साक्षरता दिवसका अवसरमा ४९ जना शिक्षकलाई सम्मान गरेको छ । यसैगरी बालप्रतिभा पहिचान कार्यक्रममा उत्कृष्ट भएका विद्यार्थीलाई पुरस्कृत गरिएको छ । उपमहानगरपालिकाका मेयर हरिबहादुर महतले कोरोनाको महामारीको समयमा पनि बैकल्पिक माध्यमले अध्यापन गराउँदै आएका ४० जना शिक्षक तथा दीर्घ सेवाबाट ९ जना शिक्षकलाई सम्मान...
एमसीसी उपाध्यक्ष सुमार र एमाले अध्यक्ष ओलीबीच भेटवार्ता
काठमाडौँ । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन (एमसीसी)की उपाध्यक्ष फतिमा सुमारले राजनीतिक भेटघाट सुरु गरेकी छिन् । बिहीबार बिहान नेपाल आइपुगेकी उनी नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीलाई भेट्न बालकोट पुगेकी छन् । भेटमा उनीसंगै एमसीसीका नायब उपाध्यक्ष जोनाथन ब्रुक्स पनि सहभागी भएका छन् । छलफलमा एमालेका स्थायी...
विश्वप्रकाशले गरे महामन्त्रीमा उम्मेदवारी घोषणा
काठमाडौँ । नेपाली कांग्रेसका प्रवक्ता विश्वप्रकाश शर्माले महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् । वीपी स्मृति दिवसको अवसरमा सुन्दरीजलमा पुगेका शर्माले १४ औं महाधिवेशनमा महामन्त्रीमा उम्मेदवारी दिने घोषणा गरेका हुन् । कांग्रेसका नेता गगन थापाले पनि महामन्त्री पदमा उम्मेदवारी दिने घोषणा गरेका थिए । थापाले १३ औं महाधिवेशनमा...
आज बिपीको १०८ औँ जन्मजयन्ती, विभिन्न कार्यक्रम गरी मनाइँदै
मकवानपुर । नेपालको राजनीति र साहित्य क्षेत्रमा योगदान पुर्याएका विपी कोइरालाको १०८ औँ जन्मजयन्ती विभिन्न कार्यक्रम गरी आज मनाइँदै छ । प्रथम जननिर्वाचित प्रधानमन्त्रीसमेत रहेका उनको जन्म विसं १९७१ भदौ २४ गते जन्म भएको थियो । उनले नेपालमा प्रजातन्त्रको स्थापना एवं पुनःस्थापनाका लागि कठोर सङ्घर्ष गरेका छन् । कोइरालाको...










