राजनीति/ समाज
चाडपर्वले नेपालीहरुमा भाइचाराको सम्बन्ध बढाउँछ – नेता बानियाँ
मकवानपुर । नेपाली कांग्रेस बागमती प्रदेश संसदीय दलका नेता एवम् मकवानपुर सभापति इन्द्रबहादुर बानियाँले हरितालिका तीज पर्वले आम नेपालीहरुमा समृद्धि ल्याउन सकोस् भन्दै शुभकामना सन्देश जारी गरेका छन् । उनले नेपाली महिलाहरुको आस्था, सद्भाव र विश्वासको विशेष पर्वको रुपमा रहेको तीजको अवसरमा स्वदेश तथा विदेशमा रहेका महिला दिदीबहिनीहरुमा सुख,...
मौलिक परम्परा झल्किने गरी तीज मनाउन मुख्यमन्त्री शाक्यको आग्रह
मकवानपुर । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले हरितालिका तीजको अवसरमा देश तथा विदेशमा रहेका सम्पूर्ण नेपालीहरुमा शुभकामना सन्देश जारी गरेकी छिन् । उनले सरकारले तोकेको स्वास्थ्य सुरक्षाको मापदण्ड अवलम्वन गर्दै चाडपर्व मनाउन आग्रह गरेकी छिन् । विहिबार शुभकामना सन्देश जारी गर्दै मुख्यमन्त्री शाक्यले नेपालीहरुले मनाउने यस्ता चाडपर्वहरुले आम नागरिकलाई...
हरितालिका तीज, महिलालाई सार्वजनिक बिदा
मकवानपुर । आज हरितालिका तीज पर्व हिन्दु नेपाली महिलाहरुले महादेवको पूजा आराधना गरी हर्षल्लासका साथ मनाउँदै छन् । आजको दिन व्रत बसी शिव–ण्पार्वतीको पूजा, उपासना गरेमा सुख, शान्ति र परिवारको कल्याण हुने धार्मिक विश्वास गरिन्छ । अघिल्लो दिन राति दर खाएकाहरूले तीजको दिन व्रत बस्ने र शिव(पार्वतीको पूजा गरेपछि...
एमालेको निरन्तर अवरोधपछि प्रतिनिधिसभाको बैठक शुक्रबारसम्मको लागि स्थगित
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल एमालेले दुई पटकसम्म अवरोध गरेपछि प्रतिनिधिसभाको बैठक शुक्रबारसम्मका लागि स्थगित गरिएको छ । सभामुख अग्निप्रसाद सापकोटाले आजको बैठक स्थगित गर्दै शुक्रबारका लागि बैठक आह्वान गरेका छन् । यसबीचमा सभामुख अग्नि सापकोटाले सहमति जुटाएर प्रतिनिधिसभा बैठक सहज ढंगले सञ्चालनको प्रयास गर्ने छन् । एमालेले पार्टीले...
एमालेको अवरोध पछि प्रतिनिधिसभा बैठक केहीबेर स्थगित
काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले सभामुखमाथि प्रश्न उठाउँदै प्रतिनिधिसभा अवरुद्ध पारेको छ । आफूले कारबाही गरेका माधवकुमार नेपालसहित १४ सांसदलाई समयमै पदमुक्त नगरेर दल विभाजनमा सहयोगी भूमिका खेलेको भन्दै एमालेका सांसदहरुले सभामुखविरुद्ध नाराबाजी गरेका थिए । सभामुखले समय दिएपछि प्रमुख सचेतक विशाल भट्टराई बोले । उनले एमालेले...
नेपालको विकासमा सहयोग गर्न भारतीय नेताहरुसंग अध्यक्ष ढकालको आग्रह
काठमाडौँ । नेपाल परिवार दलका अध्यक्ष एवम् पूर्वमन्त्री एकनाथ ढकाल चार दिने भारत भ्रमण पुरा गरी स्वदेश फकिएका छन् । उनले विभिन्न राजनीतिक दलका नेताहरु तथा सरकारका उच्च ओहोदाका व्यक्तित्वहरुसँग भेट गरी नेपालको विकासमा सहयोग गर्न आग्रह गरेका छन् । उनले नेताहरुसंगको संवादमा भारतबाट नेपालको संवेदनशीलतालाई मनन गरी एक...
पत्रकारलाई प्रवेशमा रोक लगाएर मन्त्री र राज्यमन्त्रीको सपथ
मकवानपुर । प्रदेश प्रमुखको कार्यालय बागमतीमा पत्रकारलाई प्रवेशमा रोक लगाइएको छ । बुधबार नवनियुक्त मन्त्री तथा राज्यमन्त्रीको सपथ कार्यक्रममा सूचना संकलनार्थ पुगेका पत्रकारहरुलाई प्रवेशमा रोक लगाइएको हो । प्रदेश प्रमुख कार्यालयका सचिव नारायणप्रसाद भट्टले मुख्यद्वारमा सुरक्षाकर्मी तैनाथ गरी पत्रकारलाई प्रवेशमा रोक लगाएका हुन् । पत्रकारले कोरोना सार्छन् भन्दै सचिव...
बागमती प्रदेश: नवनियुक्त ६ मन्त्री र ४ राज्यमन्त्रीले लिए सपथ
मकवानपुर । बागमती प्रदेशका नवनियुक्त ६ मन्त्री र ४ राज्यमन्त्रीले पद र गोपनियताको सपथ लिएका छन् । प्रदेश प्रमुख यादवचन्द्र शर्माले नवनियुक्त मन्त्रीहरुलाई र मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले राज्यमन्त्रीहरुलाई सपथ गराएकी हुन् । नवनियुक्त आन्तरिक मामिला तथा कानूनमन्त्री अजय क्रान्ति शाक्य, आर्थिक मामिला तथा योजनामन्त्री रचना खड्का, सामाजिक विकास मन्त्री...
बागमती प्रदेश मन्त्रिपरिषद् विस्तार: मुख्यमन्त्री शाक्यको लजास्पद कदम
मकवानपुर । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य सरकारको नेतृत्वको गरेको हप्ता नबित्दै अल्पमतमा परिन् । सरकार संचालनको एक साता नबित्दै अल्पमतमा परेपछि मुख्यमन्त्री शाक्यले एकाएक संसद अधिवेशन अन्त्य गरिन् । एमाले विभाजनका कारण अन्यौलमा परेकी शाक्यले २१ दिनसम्म मन्त्रिपरिषद् विस्तार गर्न सकेकी थिइनन् । भदौ २ गते मुख्यमन्त्री नियुक्त...
बागमती प्रदेश मन्त्रिपरिषद् विस्तार: को–को भए मन्त्री ?
मकवानपुर । बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले बुधबार मन्त्रिपरिषद् विस्तार गरेकी छिन् । केहीबेर अघि मुख्यमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा छलफल गरी ५ जना मन्त्री र ४ जना राज्यमन्त्री नियुक्त गरिएको स्रोतले बताएको छ । स्रोतका अनुसार मन्त्री बन्नेहरुमा सिन्धुलीका प्रदिक कटुवाल, रामेछापको शान्तिप्रसाद पौडेल, काभ्रेका चन्द्र लामा, दोलखाको रचना...








