राजनीति/ समाज
नेकपा एकीकृत समाजवादी बागमती प्रदेश संसदीय दलको नेतामा पाण्डे
मकवानपुर । नेकपा एकीकृत समाजवादी पार्टीका केन्द्रीय सदस्य राजेन्द्र पाण्डे बागमती प्रदेश संसदीय दलको नेता चयन भएका छन् । दलको आज हेटौंडामा बसेको बैठकले पाण्डेलाई संसदीय दलको नेता चयन गर्ने निर्णय गरेको हो । अष्टलक्ष्मी शाक्य नेतृत्वको बागमती सरकार अल्पमतमा परेको बेला गठबन्धनको तर्फबाट मुख्यमन्त्री बन्ने दौडमा रहेका पाण्डे...
प्रतिनिधिसभा बैठक भदौ २९ गतेसम्मका लागि स्थगित
काठमाडौं । प्रतिनिधिसभा बैठक भदौ २९ गतेसम्म स्थगित भएको छ । आइतबार बसेको दोस्रो बैठकमा पनि एमालेको निरन्तर अवरोध भएपछि सभामुख अग्नि सापकोटाले बैठक स्थगित गरेका हुन् । यसअघि आजै बसेको पहिलो बैठक अवरुद्ध भएपछि सभामुख सापकोटाले १५ मिनेटका लागि बैठक स्थगित गरेका थिए । यो बीचमा सभाको अवरोध...
बागमती प्रदेशसभामा नयाँ दल दर्ता (पत्रसहित)
मकवानपुर । बागमती प्रदेशसभा सचिवालयमा नयाँ दल दर्ता भएको छ । आज (आइतबार) निर्वाचन आयोगबाट प्राप्त माधवकुमार नेपाल नेतृत्वको नेकपा एकीकृत समाजवादी पार्टीको आधिकारिकता र आवद्ध सांसदहरुको नामावलीसहितको पत्र प्रदेशसभामा दर्ता भएको हो । यससँगै बागमती प्रदेशसभा सचिवालयमा ८ वटा दलको सहभागिता रहेको छ । जसमा नेकपा एमाले, नेकपा...
एमालेको अवरोधपछि प्रतिनिधिसभा बैठक १५ मिनेटका लागि स्थगित
काठमाडौँ । सभामुख अग्निप्रसाद सापकोटाले प्रतिनिधिसभाको बैठक १५ मिनेटको लागि स्थगित गरेका छन् । प्रमुख विपक्षी दल नेकपा एमालेका सांसदहरुले सभामुखविरुद्ध नाराबाजी कायमै राखेपछि सभामुखले सदन १५ मिनेटका लागि स्थगित गरेका हुन् । नेकपा एमालेले १४ सांसदलाई गरेको निष्कासनको कारबाहीलाई सभामुखले मान्यता नदिएको विरोधमा एमालेले लगातार संसद अवरोध गर्दै...
प्रतिनिधिसभा बैठकमा एमालेको नाराबाजी कायमै
काठमाडौँ । प्रतिनिधिसभाको आज आइतबार जारी बैठकमा पनि नेकपा एमालेका सांसदहरुले सभामुखविरुद्ध नाराबाजी सुरु गरेका छन् । नेकपा एमालेले १४ सांसदलाई गरेको निष्कासनको कारबाहीलाई सभामुखले मान्यता नदिएको विरोधमा एमालेले लगातार संसद अवरोध गर्दै आएको थियो । सभामुख अग्निप्रसाद सापकोटाले बैठक सुरु गर्नेबित्तिकै एमाले सांसदहरु बेलमा आई नाराबाजी गरिरहेका छन्...
युवा शक्तिलाई उत्पादनमा जोडौँ, सहयोग गर्न तयार छौँ
लक्ष्मण उप्रेती, अहिले युवा सङ्घ मकवानपुरका संयोजक हुन् । नेकपा एमाले समर्थित युवाहरुको सङ्गठन युवा सङ्घको उनले नेतृत्व सम्हालेको धेरै भएको छैन । पछिल्लो विकसित राजनीतिक घटनापछि अहिले सो सङ्गठन जिल्लाभरि आफ्नो विस्तारको काममा क्रियाशील भइरहेको छ । ‘पछिल्लो राजनीतिक घटनापछि हामी हाम्रो सङ्गठनलाई थप परिमार्जित र मजबुद बनाउन...
सत्तारुढ गठबन्धनको बैठक बस्दै
काठमाडौं । सत्तारुढ गठबन्धनको बैठक आज (आइतबार) बिहान बस्दैछ । बैठक बिहान १० बजे प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बस्ने भएको हो । सो बैठकमा संसदमा सत्तापक्षको रणनीति र मन्त्रिपरिषद् विस्तारका सन्दर्भमा छलफल हुने प्रधानमन्त्री शेरबहादुर देउवाका प्रमुख स्वकीय सचिव भानु देउवाले जानकारी दिए । आज बस्ने बैठकमा मन्त्रिपरिषद् विस्तारमा...
जसपा मकवानपुरद्वारा सुज अभियानको सुरुवात
मकवानपुर । जनता सामाजवादी पार्टी (जसपा) नेपाल मकवानपुरले सुज अभियानको सुरुवात गरेको छ । जसपाले मकवानपुरमा संगठन सुदृढीकरण तथा जनजागरण (सुज) अभियान शनिबारबाट सुरुवात गरेको हो । अभियान जसपा केन्द्रीय कार्यकारिणी सदस्य डम्बर खतिवडाले उद्घाटन गरेका हुन् । हेटौंडाको रोयल पाटी प्यालेसमा भएको कार्यक्रममा जसपाका केन्द्रीय सदस्य शुभरत्न गोले,...
कांग्रेस मकवानपुरगढीको सभापतिमा मेरो उम्मेदवारी रहन्छ – दाहाल
मकवानपुर । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनको चुनावी सरगर्मी सुरु भएको छ । यस अघि भदौ २७ गतेका लागि तय भएको स्थानीय नगर/पालिकाको अधिवेशन आगामी भदौ असोज ९ गतेका लागि सारिएको छ । महाधिवेशनले उत्साह छाएको बेला स्थानीय क्षेत्रमा कांग्रेस नेताहरुले उम्मेदवारी घोषणा गर्न थालेका छन् । कांग्रेसको राजनीतिमा...
नेकपा एकीकृत समाजवादी हेटौंडा ७ को अध्यक्षमा अधिकारी
मकवानपुर । माधवकुमार नेपाल नेतृत्व नेकपा समाजवादी पार्टी हेटौंडा उपमहानगरपालिका वडा नम्वर ७ को अध्यक्षमा राजु अधिकारी चयन भएका छन् । आज (शनिबार) भएको वडा भेलाले अधिकारीको संयोजकत्वमा २१ सदस्यीय कमिटी गठन गरिएको नेकपा एकीकृत समाजवादीका नेता सफल अधिकारीले जानकारी दिए । उनका अनुसार, हेटौंडा–७ मा गठन गरिएको कमिटी...








