नेकपा एमाले स्थायी कमिटी बैठक बस्दै

तु खबर संवाददाता
२०७८ आश्विन ३, आईतवार १०:४३
फाइल तस्बिर

काठमाडौं । नेकपा एमालेले स्थायी कमिटी बैठक आज बस्दैछ । बैठक ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति भवनमा दिउँसो १ बजे बस्ने भएकोृ छ ।

पार्टीका केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार, बैठकमा आगामी असोज १५ र १७ गते हुने विधान महाधिवेशनमा प्रस्तुत हुने राजनीतिक तथा विधान संशोधन प्रस्तावबारे छलफल हुनेछ । स्थायी कमिटी बैठक भोलि पनि बस्ने तय भएको छ । आजको स्थायी कमिटी बैठक अगाडि संविधान दिवसबारे कार्यक्रम हुने तामाङले बताए । कार्यक्रमलाई अध्यक्ष केपी शर्मा ओलीले सम्बोधन गर्दैछन् । आज देशभर विभिन्न कार्यक्रम गरी संविधान दिवस मनाइँदै छ ।