अबदेखि राजनीतिक दलको कुनैपनि पदीय जिम्मेवारीमा रहन्न : चौलागाईं
मकवानपुर । निरन्तर मानवीय सेवामा सक्रीय सामाजिक संस्था सहयोगी मन नेपालका अध्यक्ष केदारप्रसाद चौलागाईंले आजकै मितिदेखि आफु कुनैपनि राजनीतिक दलको पदीय जिम्मेवारीमा नरहने सार्वजनिक अभिव्यक्ति दिएका छन् । आइतबार सामाजिक संजाल फेसबुकमार्फत उनले आगामी दिनमा कुनै पनि राजनीतिक दलको पदीय जिम्मेवारीमा नरहने उल्लेख गरेका छन् । चौलागाईं लामो समय राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मकवानपुरको हेटौंडा नगर कमिटी र केही महिना अघि मात्रै नेपाली कांग्रेस मकवानपुरमा प्रवेश गरेका थिए ।
सामाजिक संजालमा उनले भनेका छन्, आजबाट राजनीतिक दलको कुनैपनि पदीय जिम्मेवारी नरहने जनाउँछु । लामो समयदेखि सामाजिक क्षेत्रमा काम गर्दै सक्रिय रहँदै आएको म आगामी दिनहरुमा धार्मिक एवं मानवीय सेवामा निरन्तर जुझारु ढङ्गले सामाजिक सेवामा सक्रिय रहने प्रतिबद्धतासमेत व्यक्त गर्दछु । चौलागाईं केहि साता अघि मात्रै श्रीकृष्ण प्रणामी सेवा समिति मकवानपुरको अध्यक्षमा चयन भएका थिए । उनले आगामी दिनहरुमा मानवीय सेवामा निरन्तर सक्रिय रहने बताए ।
