सहयोगी मन नेपालद्वारा खड्कालाई ह्वीलचियर सहयोग
मकवानपुर । सहयोगी मन नेपालले हेटौंडा–१८ निवासी बद्री खड्कालाई ह्वीलचियर सहयोग गरेको छ ।
पक्षघातका कारण विगत केही महिनादेखि ओच्छ्यानमा थलिएका ४० वर्षीय खड्कालाई आज उनकै निवासमा पुगेर ह्वीलचियर सहयोग गरिएको संस्थाका अध्यक्ष केदारप्रसाद चौलागाईले जानकारी दिए ।
‘उहाँ केही महिनादेखि पक्षघातले ओच्छ्यानमा थलिनुभएको र ह्वीलचियर सहयोग गरिदिन उहाँको परिवारले अनुरोध गर्नुभएपछि हामीले आज सहयोग उपलब्ध गराएका हौँ ।’ उनले भने ।
ह्वीलचियर हस्तान्तरणका लागि अध्यक्ष चौलागाईँसंगै स्थानीय रामजी थापा र संस्थाका सल्लाहकार शिव खनाल खड्काको निवास पुगेका थिए ।
सहयोगी मन नेपालले यसअघि पनि सामाजिक क्षेत्रमा योगदान पुर्याउँदै आएको छ ।
