सहयोगी मनद्वारा आर्थिक रुपले विपन्न परिवारलाई खाद्यान्न सहयोग

तु खबर संवाददाता
२०७८ जेष्ठ ९, आईतवार २१:०५

मकवानपुर । सहयोगी मन नेपालले आर्थिक अवस्था कमजोर भएका केही परिवारहरुलाई खाद्यान्न सहयोग उपलब्ध गराएको छ ।

हेटौंडा उपमहानगरपालिका वडा नम्वर ११ राप्तिपुल नजिकैको २१ परिवारलाई कोरोनाका कारण निषेधाज्ञा जारी भएपछि दैनिक जीवनयापन समेत चलाउन कठिन भएको भन्ने खबर पाउनासाथ खाद्यन्न सहयोग गरिएको सहयोगी मन नेपालका अध्यक्ष केदारप्रसाद चौलागाईले जानकारी दिए ।

ती परिवारको लागि २४ पाकेट आँटा गहुँको पिठो सहयोग उपलब्ध गराइएको हो ।

त्यस्तै हेटौंडाको चौकिटोलस्थित २ परिवारलाई पनि नुन, तेल, खाद्यान्न लगायतका सागग्री सहयोग उपलब्ध गराइएको छ ।

सहयोगी मन नेपालले यसअघि पनि विभिन्न सामाजिक सेवाका कामहरु गर्दै आएको छ ।

यसमा तपाइको मत

Your email address will not be published. Required fields are marked *


*