राजनीति/ समाज

फरक धारमा हिडेको राप्रपा अब कहिल्यै फुट्दैन : कमल थापा

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का अध्यक्ष कमल थापाले फरक धारमा हिडेको राप्रपा अब कहिले नफुट्ने बताएका छन् । राष्ट्रिय प्रजातन्त्र पार्टी जिल्ला कार्यसमिति, भक्तपुरले सोमबार आयोजना गरेको एक कार्यक्रममा बोल्दै अध्यक्ष थापाले कम्युनिष्ट र नेपाली कांग्रेसको भन्दा फरक धारमा हिडेको राप्रपा अब नफुट्ने बताएका हुन् । उनले...

नेपाली कांग्रेस : पौडेलले बोलाए आफ्नो समूहको बैठक

काठमाडौं । नेपाली कांग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले आफ्नो समूहको बैठक बोलाएका छन् । बैठक आज (सोमबार) दिउँसो २ बजे पार्टी कार्यालय सानेपामा बस्ने गरी बोलाइएको नेता मिनेन्द्र रिजालले जानकारी दिए । पार्टीको १४ औं महाधिवेशनका सन्दर्भमा छलफल गर्न लागि बैठक बोलाइएको नेता रिजालले बताए । २० जिल्लाको क्रियाशील...

बागमती सरकार परिवर्तनबारे रणनीति बनाउन ९ बजे विपक्षी गठबन्धनको बैठक बस्दै

मकवानपुर । निर्वाचन आयोगले दल विभाजनबारे जानकारी बागमती प्रदेशसभालाई गराएसंगै मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य नेतृत्वको सरकार आधिकारिक रुपमा अल्पमतमा परेको छ । मुख्यमन्त्रीले शाक्यले विश्वासको मत लिनसक्ने आधार कमजोर बन्दै गइरहेका बेला सरकार परिवर्तनको लागि नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी पार्टीलगायतका दलहरुको संयुक्त बैठक आज बिहान...

कांग्रेस मकवानपुरको १०२ वडाबाट १८३४ क्षेत्रीय प्रतिनिधि निर्वाचित

मकवानपुर । नेपाली कांग्रेसको जिल्ला निर्वाचन समिति मकवानपुरले गएको भदौ २० गते भएको वडा तहको अधिवेशनबाट निर्वाचित भएका क्षेत्रीय प्रतिनिधिहरुको नामावली उपलब्ध गराएको छ । आइतबार कांग्रेस मकवानपुरको पार्टी कार्यालयमा सहायक निर्वाचन अधिकृतहरु रामकुमार अधिकारी, कृष्ण न्यौपाने र राजबाबु पहाडीले उपसभापति बिष्णु लामिछाने, प्रवक्ता प्रदिप कोइराला र अन्य पदाधिकारीसमक्ष...

हेटौंडाका युवालाई जर्सी सहयोग

मकवानपुर । नेकपा एमाले मकवानपुरका जिल्ला सचिवालय सदस्य सुनिल मोक्तानले हेटौंडाका युवा खेलाडीहरुलाई जर्सी सहयोग गरेका छन् । युवा संघका जिल्ला इन्चार्ज समेत रहेका मोक्तानले शनिबार हेटौंडा उपमहानगरपालिका वडा नम्वर १५ का खेलाडीलाई जर्सी सहयोग गरेका हुन् । हेटौंडा–१५ को पनेश टोल विकास संस्था र ठूलो सुकौली टोल विकास...

एमसीसी सम्झौता पारित गर्न ढिलो भयो – उपाध्यक्ष सुमार

काठमाडौँ । अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कर्पोरेसन ( एमसीसी) की उपाध्यक्ष फतिमा सुमारले एमसीसी सम्झौता नेपालको संसदबाट अनुमोदन गर्न ढिला भएको बताएकी छिन् । आइतबार काठमाडौँमा पत्रकार सम्मेलन आयोजना गरी उनले दुई वर्षअघि नै पारित भइसक्नुपर्ने सम्झौता अझै पारित नहुँदा ढिलो भएको बताएकी हुन् । सुमारले केही दिन...

नेकपा एकीकृत समाजवादीले मुख्यमन्त्री शाक्यलाई समर्थन नरहेको पत्र बुझायो

मकवानपुर । नेकपा एकीकृत समाजवादी बागमती प्रदेश संसदीय दलले मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यलाई समर्थन नरहेको पत्र मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बुझाएको छ । एकीकृत समाजवादीको आज हेटौंडामा बसेको संसदीय दलको बैठकले शाक्यलाई समर्थन नगर्ने निर्णय गरेको थियो । सोही निर्णय अनुसार मुख्यमन्त्री कार्यालयमा पत्र पठाइएको नेता बसुन्धारा हुमागाईँले बताए ।...

बाँकेमा मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु

काठमाडौँ । बाँकेमा मोटरसाइकल दुर्घटनामा परी एक जनाको मृत्यु भएको छ । बाँकेको नेपालगञ्ज उपमहानगरपालिका–३ डिस्कोरियन टोलमा प्रदेश ०२–२६ प ५५३७ नम्बरको मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको हो । मृत्यु हुनेमा बर्दिया बढैयाताल गाउँपालिका–८ सितलाबजार बस्ने २१ वर्षीय वसन्त पौडेल रहेका छन् । दुर्घटनामा गम्भीर घाइते भएका उनको...

सभामुख सापकोटाले बोलाए सर्वदलीय बैठक

काठमाडौँ । प्रतिनिधिसभाका सभामुख अग्निप्रसाद सापकोटाले सर्वदलीय बैठक आह्वान गरेका छन् । सापकोटाले सोमबारका लागि बैठक आह्वान गरेका हुन् । एमाले पार्टीले कारबाही गरेका १४ सांसदलाई सभामुखले पदमुक्त नगरेको भन्दै एमालेले निरन्तर संसद बैठक अवरुद्ध गरिरहेको बेला सहमतिको प्रयासस्वरुप सभामुखले सर्वदलीय बैठक बोलाएका हुन् । बैठक भोलि दिउँसो साढे...

नेकपा एकीकृत समाजवादीले मुख्यमन्त्री शाक्यलाई समर्थन नगर्ने

मकवानपुर । नेकपा एकीकृत समाजवादी बागमती प्रदेश संसदीय दलको बैठकले मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यलाई समर्थन नगर्ने निर्णय गरेको छ । आज हेटौंडा बसेको दलको बैठकले एमालेबाट मुख्यमन्त्री बनेकी अष्टलक्ष्मी शाक्यलाई समर्थन नगर्ने निर्णय गरेको हो । त्यस्तै बैठकले बागमती प्रदेश संसदीय दलको नेतामा राजेन्द्र पाण्डेलाई नियुक्त गर्ने निर्णय गरेको छ...