राजनीति/ समाज

२ नम्वर प्रदेश सरकारले संविधान दिवस नमनाउने

जनकपुर । २ नम्वर प्रदेश सरकारले यसवर्ष पनि संविधान दिवस नमनाउने भएको छ । दुई वर्ष तत्कालीन मधेशी जनअधिकार फोरम र राष्ट्रिय जनता पार्टी (राजपा) को संयुक्त सरकार थियो भने गत वर्ष यी दुवै पार्टी एकीकरण गरेर जसपा बनेको थियो । जसपा फुटेपछि यस पटक सरकारमा तत्कालीन राजपाका नेताहरु...

निवर्तमान मुख्यमन्त्री पौडेलद्वारा हेटौंडामा सम्पर्क कार्यालय उद्घाटन

मकवानपुर । बागमती प्रदेशका निवर्तमान मुख्यमन्त्री तथा नेकपा एमाले केन्द्रीय सदस्य डोरमणि पौडेलको सम्पर्क कार्यालय तथा सचिवालयलको उद्घाटन भएको छ । नेकपा एमाले बागमती प्रदेशका सहइन्चार्जसमेतर रहेका पौडेलले शुक्रबार हेटौंडा उपमहानगरपालिका वडा नम्वर ४ स्थित थाहाचोकमा सम्पर्क कार्यालय तथा सचिवालयको उद्घाटन गरेका हुन् । सो कार्यक्रममा बोल्दै उनले जनतालाई...

हेटौंडा–१७ मा ९८ जना नेकपा एमालेमा प्रवेश

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर १७ का ९८ जना नेकपा एमालेमा प्रवेश गरेका छन् । आज (शुक्रबार) एमाले हेटौंडा–१७ नम्वर वडा कमिटीद्वारा आयोजित कार्यकर्ता भेटघाट तथा चियापन कार्यक्रममा विभिन्न पार्टी परित्याग गरी ९८ जना एमालेमा प्रवेश गरेका हुन् । नेकपा माओवादी, नेपाली काँग्रेस, राप्रपालगायत विभिन्न पार्टी परित्याग गरी...

अर्को साता मन्त्रिपरिषद् विस्तार हुने, एकीकृत समाजवादीबाट मकवानपुरका खतिवडा मन्त्री बन्दै

मकवानपुर । प्रधानमन्त्री शेरबहादुर देउवा नेतृत्वको सरकारले अर्को सातासम्म मन्त्रिपरिषद्लाई पूर्णता दिने बुझिएको छ । नयाँ सरकार गठन भएको करिब दुई महिना पुगिसक्दा पनि मन्त्रिपरिषद् विस्तार गर्न नसकेको भन्दै आलोचना खेप्दै आएको देउवाले अर्को सातासम्ममा मन्त्रिमण्डल विस्तार गर्ने माधव नेपालले संकेत गरेका छन् । शुक्रबार नयाँ बानेश्वरमा पार्टी केन्द्रीय...

माधव नेपाल एमालेमै फर्कनुहुन्छ – योगेश भट्टराई

मकवानपुर । नेकपा एमालेका सचिव योगेश भट्टराईले नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधव नेपाल पुरानै दलमा फर्कने दावी गरेका छन् । प्रेस चौतारी नेपाल कास्की शाखाले आज पोखरामा आयोजना गरेको पत्रकार सम्मेलनमा नेता बोल्दै भट्टराईले माधव नेपालकै रोहबरमा १० बुँदे सहमति गरेको भएपनि उनले पार्टीभित्र पर्याप्त छलफल नगरी नयाँ दल...

मनहरी बागमती प्रदेशकै सबैभन्दा बढी कानून निर्माण गर्ने गाउँपालिका– अध्यक्ष उप्रेती

मकवानपुर । मनहरी गाउँपालिकाका अध्यक्ष एकराज उप्रेतीले आफुहरुले बागमती प्रदेशकै सबैभन्दा बढी ऐन, कानून, नियमावली तथा कार्यविधि निर्माण गरेको दावी गरेका छन् । सिडिओ नेपालद्वारा मनहरीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष उप्रेतीले कानून निर्माण गर्ने सन्दर्भमा मनहरी प्रदेशकै अब्बल भएको बताए । उनले भने, ‘हामीले यो चार बर्षको...

मन्त्रालयको भागवण्डा मिलाउन बालुवाटारमा बैठक जारी

काठमाडौँ । सरकार गठन भएको महिनौँ बितिसक्दासमेत मन्त्रिपरिषद्ले पूर्णता पाउन नसकेपछि सत्ता साझेदार दलहरु मन्त्रालय भागवण्डाको विषयमा छलफलमा जुटेका छन् । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सो विषयमा छलफल गर्न सरकारको साझा न्युनतम कार्यक्रम कार्यदलको बैठक जारी छ । बैठकमा गठबन्धन दलहरुबीच मन्त्रालय भागबण्डा र राजनीतिक दलसम्बन्धी अध्यादेशमा सहमति जुटाउने...

माधव नेपाललाई एमालेमा फर्किन अष्टलक्ष्मी शाक्यको आग्रह

काठमाडौं । नेकपा एमाले बागमती प्रदेश संसदीय दलका नेता तथा बागमती प्रदेशकी मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले माधवकुमार नेपाललाई एमालेमा फर्किन आग्रह गरेकी छन् । बिहिबार एमाले काठमाडौं जिल्ला कमिटीका कार्यकर्तालाई सम्बोधन गर्दै शाक्यले नेपाललाई एमालेमा नै फर्किन आग्रह गरेकी हुन् । उनले माधव नेपाल आफूहरुको नेता भएको र एमाले बनाउन...

राप्रपाको जिल्ला अधिवेशन गर्ने अवधि असोज २० गतेसम्म थपियो

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) ले जिल्ला तहसम्मको अधिवेशन गर्ने समय थप गर्ने निर्णय गरेको छ । बिहिबार पार्टीका त्रय अध्यक्षहरु क्रमशः प्रकाशचन्द्र लोहनी, पशुपति शमशेर र कमल थापाको उपस्थितिमा बसेको पार्टीको केन्द्रीय समितिको बैठकले जिल्ला तहसम्मको अधिवेशन गर्ने अवधि असोज २० गतेसम्म थप गर्ने निर्णय गरेको हो...

नेकपा एकीकृत समाजवादी मकवानपुरको कार्यालय शुभारम्भ

मकवानपुर । नेकपा एकीकृत समाजवादी मकवानपुरको पार्टी कार्यालय स्थापना गरिएको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्वर ४, शितल महलचोकस्थित पार्टी कार्यालयको आज विहीबार एकीकृत समाजवादीका केन्द्रिय सदस्य एवम् बागमती प्रदेश इन्चार्ज केदारप्रसाद न्यौपानेले रिबन काटेर कार्यालयको उद्घाटन गरेका हुन् । सोही उद्घाटन समारोहलाई सम्बोधन गर्दै केन्द्रिय सदस्य न्यौपानेले नेताहरुको...