राजनीति/ समाज
माओवादीले वडादेखि केन्द्रीय समितिसम्मको नेतृत्व निर्वाचनमार्फत चयन गर्ने
काठमाडौं । नेकपा माओवादी केन्द्रले वडादेखि केन्द्रीय समितिसम्म सबै तहको नेतृत्व निर्वाचनमार्फत चयन गर्ने भएको छ । माओवादीले वडा, प्रदेश र संघीय निर्वाचन क्षेत्र, जिल्ला, प्रदेश र केन्द्रीय समितिसहित सबै तहको नेतृत्व निर्वाचनबाट चयन गर्ने भएको हो । माओवादीले यसअघि नै आगामी पुस ११ देखि १३ गतेसम्म राष्ट्रिय सम्मेलन...
नेकपा एकीकृत समाजवादीको बैठक दिउँसो २ बजे बस्दै
काठमाडौँ । नेकपा एकीकृत समाजवादीको केन्द्रीय कमिटीको बैठक मंगलवार बस्दैछ । निर्वाचन आयोगले भदौ ९ गते पार्टी दर्ताको प्रमाणपत्र उपलब्ध गराएपछि सो दलको पहिलो पटक बैठक बस्न लागेको हो । बैठकमा पार्टीको विधानलगायत आन्तरिक तयारीका विषयमा छलफल हुने जनाइएको छ । बैठक दिउँसो २ बजे बुद्धनगरस्थित क्वालिटी बैंक्वेटमा बस्ने...
काठमाडौँसहित ७ जिल्लामा आज कांग्रेसको वडा अधिवेशन हुँदै
मकवानपुर । नेपाली कांग्रेसले काठमाडौँसहित ७ जिल्लामा आज वडा अधिवेशन गर्दैछ । अधिवेशनबाट वडा सभापति, कार्यसमिति र क्षेत्रीय प्रतिनिधि चयन हुनेछन् । भदौ १८ देशभरका ६ हजार ७ सय ४३ वडामा एकैदिन अधिवेशन गर्ने भनिएतापनि ५७ जिल्लामा मात्रै अधिवेशन भएको थियो । बाँकी २० जिल्लामा आज अधिवेशन गर्ने भनिएको...
बागमती प्रदेशमा छिट्टै समाजवादीको नेतृत्वमा सरकार बन्छ – नेपाल
मकवानपुर । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बागमती प्रदेशमा अब छिट्टै आफ्नो पार्टीको नेतृत्वमा सरकार बन्ने बताएका छन् । सोमबार पेशागत महासंघ नेपालका राष्ट्रिय समितिको विस्तारित बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले सो कुरा बताएका हुन् । उनले आफ्नो पार्टी अरुको पार्टीभन्दा कम नभएकोले नेता/कार्यकर्तालाई नआत्तिन आग्रह गरे ।...
अखिल नेपाल जनस्वास्थ्यकर्मी महासंघ मकवानपुरको अध्यक्षमा रायमाझी
मकवानपुर । नेकपा माओवादी केन्द्र सम्बद्ध अखिल नेपाल प्रगतिशिल जनस्वास्थ्यकर्मी महासंघ मकवानपुरको अध्यक्षमा जयराम रायमाझी चयन भएको छ । महासंघको सोमबार बसेको भेलाले रायमाझीको अध्यक्षतामा ३७ सदस्यीय जिल्ला कमिटी गटन गरेको छ । समितिको उपाध्यक्षमा श्याम सुन्दर महतो, बाल कुमारी ढकाल, सरस्वती लामा (घलान), सचिव अशोक राखाल, कोषाध्यक्ष बिन्दा...
माओवादीले अवसर पाउँदा जनपक्षीय काम गरेको मोक्तानको दाबी
मकवानपुर । नेकपा माओवादी केन्द्रका केन्द्रीय सदस्य तथा मकवानपुर जिल्ला इन्चार्ज कुमारी मोक्तानले देशमा सुशासन, समृद्धि र विकास माओवादीबाट मात्रै सम्भव रहेको बताएकी छन् । नेकपा माओवादी इन्द्रसरोवर गाउँपालिकाको कार्यालय उद्घाटन तथा विस्तारित बैठकमा बोल्दै उनले नेपाली जनताको हितका लागिे आफ्नो पार्टी सदैव लडिरहेका बताइन् । माओवादीले अवसर पाउँदा...
एमाले स्थायी कमिटी बैठक आज पनि बस्दै
काठमाडौं । नेकपा एमाले स्थायी कमिटी बैठक आज पनि बैस्दैछ । बैठक ललितपुरको च्यासलस्थित तुल्सीलाल प्रतिष्ठानमा दिउँसो १ बजे बस्ने भएको हो । सो बैठकले विधान महाधिवेशनमा प्रस्तुत गरिने विधान, राजनीतिक र सांगठनिक प्रतिवेदनलाई अन्तिम रुप दिने जनाइएको छ । बैठकमा अध्यक्ष केपी शर्मा ओली, महासचिव इश्वर पोखरेल, संगठन...
एकीकृत समाजवादीको अखिलद्वारा हेटौंडामा दीप प्रज्वलन
मकवानपुर । नेकपा एकीकृत समाजवादी पार्टीको विद्यार्थी संगठन अनेरास्ववीयूले संविधान दिवसका अवसरमा आइतबार दीप प्रज्वलन कार्यक्रम गरेको छ । कार्यक्रम हेटौंडा उपमहानगरपालिका वडा नम्वर ४, शितलमहल चोकमा भएको हो । एकीकृत समाजवादी मकवानपुरका अध्यक्ष श्रीधर पोख्रेलको प्रमुख आतिथ्यता भएको कार्यक्रममा पार्टी उपाध्यक्ष मीनाकुमारी लामा, अनेरास्ववीयूका केन्द्रीय स्थायी कमिटीका सदस्य...
नेकपा माओवादी मकवानपुरगढी–२ को अध्यक्षमा न्यौपाने
मकवानपुर । नेकपा माओवादी केन्द्र मकवानपुरगढी गाउँपालिका वडा नम्वर २ को अध्यक्षमा धर्मराज न्यौपाने चयन भएको छ । आइतबार बसेको वडा भेला तथा प्रशिक्षण कार्यक्रमले न्यौपानेको संयोजकत्जवमा २९ सदस्यीय कर्या समिति चयन गरेको हो । यस्तै, समितिको सचिवमा जितबहादुर लो, सदस्यहरुमा रामबहादुर लुङ्वा, केशव प्रसाद गौतम, सीता थापा मगर,...
एमाले बागमती प्रदेश कमिटी सदस्य प्रल्हाद लामिछाने माओवादीमा प्रवेश
मकवानपुर । नेकपा एमालेका बागमती प्रदेश कमिटी सदस्य एवम् पूर्व संविधानसभा सदस्य प्रल्हाद लामिछाने नेकपा माओवादी केन्द्रमा प्रवेश गरेका छन् । माओवादी अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले उनलाई टिका खादा लगाएर पार्टीमा स्वागत गरेका हुन् । माओवादीको केन्द्रीय कार्यालय काठमाडौँमा आयोजित एक कार्यक्रमकाबीच उनी माओवादीमा प्रवेश गरेका हुन् । उनी...










