राजनीति/ समाज

अबदेखि राजनीतिक दलको कुनैपनि पदीय जिम्मेवारीमा रहन्न : चौलागाईं

मकवानपुर । निरन्तर मानवीय सेवामा सक्रीय सामाजिक संस्था सहयोगी मन नेपालका अध्यक्ष केदारप्रसाद चौलागाईंले आजकै मितिदेखि आफु कुनैपनि राजनीतिक दलको पदीय जिम्मेवारीमा नरहने सार्वजनिक अभिव्यक्ति दिएका छन् । आइतबार सामाजिक संजाल फेसबुकमार्फत उनले आगामी दिनमा कुनै पनि राजनीतिक दलको पदीय जिम्मेवारीमा नरहने उल्लेख गरेका छन् । चौलागाईं लामो समय...

एक हप्ताभित्र हामी सरकारमा सहभागि हुन्छौँ – माधव नेपाल

काठमाडौँ । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले आफूहरु एक हप्ताभित्र सरकारमा सहभागी हुने बताएका छन् । आज पोखरामा आयोजित एक भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले केन्द्रसंगै लुम्बिनी प्रदेश सरकारमा पनि सहभागि हुने तयारी भइरहेको बताए । उनले मन्त्रिपरिषद्मा समुचित तरिकाले सबैलाई समावेश गरिने योजना रहेकोसमेत बताए । उनका...

कांग्रेस बकैयाद्वारा नवनिर्वाचित वडा सभापतिलाई सम्मान

मकवानपुर । नेपाली कांग्रेस बकैया गाउँपालिकाले कांग्रेसको १४ औं महाधिबशेनको लागि भएको वडा अधिबेशनबाट नवनिर्वाचित वडा सभापतिहरु तथा पुराना नेताहरुलाई सम्मान तथा प्रमाणपत्र वितरण गरेको छ । कांग्रेस बकैया गाउँपालिकाले १२ वटा वडाका नवनिर्वाचित वडा सभापतिहरु तथा बकैयाका पुराना नेताहरुलाई सम्मान तथा प्रमाणपत्र वितरण गरेको हो । कार्यक्रम कांग्रेस...

एक हप्ताभित्र सरकारमा जाने माधव नेपालको घोषणा

पोखरा । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले आफूहरु आगामी एक हप्ताभित्र सरकारमा जाने घोषणा गरेका छन् । संविधान दिवसको अवसमा आइतबार पोखरामा आयोजित लोकतन्त्र तथा संविधान रक्षाको निम्ति पार्टीको भूमिका विषयक विचार गोष्ठी तथा कार्यकर्ता भेलालाई सम्बोधन गर्दै अध्यक्ष नेपालले सो कुराको घोषणा गरेका हुन् । उनले...

संविधान दिवसको कार्यक्रम : किन आएनन् सभामुख र उपसभामुख ?

मकवानपुर । बागमती प्रदेश सरकारले छैठौँ संविधान दिवसको अवसर पारी मुख्यमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय हेटौंडामा आज शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गर्यो । तामझामका साथ आयोजना गरिएको सो कार्यक्रम विगतमा भन्दा यसबर्ष अलिक फरक देखियो । प्रदेश प्रमुख यादवचन्द्र शर्मा, मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य, सरकारका मन्त्री तथा राज्यमन्त्रीहरु, सांसदहरु विभिन्न मन्त्रालयका...

नेकपा एमाले स्थायी कमिटी बैठक बस्दै

काठमाडौं । नेकपा एमालेले स्थायी कमिटी बैठक आज बस्दैछ । बैठक ललितपुरको च्यासलस्थित तुलसीलाल स्मृति भवनमा दिउँसो १ बजे बस्ने भएकोृ छ । पार्टीका केन्द्रीय कार्यालय सचिव शेरबहादुर तामाङका अनुसार, बैठकमा आगामी असोज १५ र १७ गते हुने विधान महाधिवेशनमा प्रस्तुत हुने राजनीतिक तथा विधान संशोधन प्रस्तावबारे छलफल हुनेछ...

एकीकृत समाजवादीको पालिका स्तरीय कमिटी गठन सुरु

मकवानपुर । मकवानपुरमा नेकपा एकीकृत समाजवादी पार्टीको पालिका स्तरमा कमिटी गठन सुरु भएको छ । शनिबार मकवानपुरको बागमती गाउँपालिकामा भएको भेलाले पालिकास्तरीय कमिटी गठन गरेको हो । भेलाले एकीकृत समाजवादी बागमती गाउँपालिकाका अध्यक्षमा धनपति तिमल्सिना चयन गरेको छ । भेलाले तिमल्सिनाको संयोजकत्वमा २५ सदस्यीय पालिका कमिटी गठन गरेको हो...

युवा संघ हेटौंडा–८ को अध्यक्षमा थापा

मकवानपुर । नेकपा एमाले निकट राष्ट्रिय युवा संघ नेपाल, हेटौंडा उपमहानगरपालिका वडा नम्वर ८ को अध्यक्षमा बिहाल थापा चयन भएका छन् । शनिबार भएको वडास्तरीय भेलाले थापाको संयोजकत्वमा ५५ सदस्यीय कमिटी गठन भएको हो । कमिटीको उपाध्यक्षमा विमान सिंह रुम्बा, राम राज सुवेदी, उमेश तामाङ, सचिवमा कृष्ण केसी, सह–सचिव...

विभिन्न पार्टी परित्याग गरी नेकपा माओवादीमा प्रवेश

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर १५ का विभिन्न पार्टी परित्यात गरी ५० जना नेकपा माओवादीमा प्रवेश गरेका छन् । पार्टीको शनिबार भएको अन्तरक्रिया तथा कार्यकर्ता भेटघाट कार्यक्रममा नेपाली कांग्रेस, नेकपा एमाले, राप्रपालगायत विभिन्न पार्टी परित्याग गरी माओदीमा प्रवेश गरेका हुन् । नव प्रवेशीहरुलाई सो पार्टीका केन्द्रीय सदस्य...

‘माधव नेपालकै आग्रह अनुसार मुख्यमन्त्री बनेको हुँ , विश्वासको मत चाँडै लिन्छु’

मकवानपुर । मुख्यमन्त्री अष्टलक्ष्मी शाक्यले बागमती सरकार अल्पमतमा रहेको भन्दै चाँडै नै विश्वासको मत लिने बताएकी छिन् । हाल नेकपा एकीकृत समाजवादीका अध्यक्ष रहेका माधव नेपालकै आग्रहमा आफुले प्रदेश सरकारको नेतृत्व गरेको भन्दै उनले माधव पक्षबाट पनि सहयोग प्राप्त हुने बताएकी हुन् । आज महोत्तरीमा पाटी कार्यकर्तासँगको भेटघाटका क्रममा...