राजनीति/ समाज

सत्ता गठबन्धनको बैठक बस्दै, मन्त्रिपरिषद्लाई पूर्णता दिने

काठमाडौं । सत्ता गठबन्धनको बैठक बस्दैछ । बैठक आज (बुधबार) साँझ बस्ने प्रधानमन्त्री शेरबहादुर देउवाका प्रेस सल्लाहकार गोविन्द परियाले जानकारी दिए । उनका अनुसार, बैठक सिंहदरबार या बालुवाटार कहाँ बस्ने तय भएको छैन । आज बस्ने उक्त बैठकमा मन्त्रिपरिषद्लाई पूर्णता दिनेबारे छलफल हुनेछ । यस अघि मंगलबार पनि गठबन्धन...

एमाले हेटौंडा नगर सचिवालय सदस्यसहित ५ जना नेपाली कांग्रेसमा प्रवेश

मकवनपुर । नेकपा एमालेका नगर सचिवालय सदस्यसहित ५ जना नेपाली कांग्रेसमा प्रवेश गरेका छन् । नेकपा एमाले नगर सचिवालय सदस्य एवम् हेटौंडा उपमहानगरपालिका वडा नम्वर ६ का सह–इन्चार्ज जयराम घिमिरेसहित ५ जना बुधबार नेपाली कांग्रेमा प्रवेश गरेका हुन् । कांग्रेस प्रवेश गर्नेहरुमा नेकपा माओवादी केन्द्रबाट मनहरी गौतम, पारस गौतम,...

न्यौपानेद्वारा हेटौंडा नगर सचिव पदमा उम्मेदवारी घोषणा

मकवानपुर । नेपाली कांग्रेस मकवानपुरका युवा नेता सविन न्यौपानेले पार्टीको १४ औं महाधिवेशनअन्तर्गत् असोज ९ गते शनिबार हुने नगर अधिवेशनमा सचिव पदमा उम्मेदवारी घोषणा गरेका छन् । हेटौंडा–१ का वडा अध्यक्षसमेत रहेका न्यौपानेले बुधबार कार्यकर्तासँग भेटघाटको क्रममा सचिव पदमा उमेदबारी घोषणा गरेका हुन् । कांग्रेस पार्टीलाई सबल र सक्षम...

माओवादीका नेता फुर्वा एमालेमा प्रवेश

मकवानपुर । नेकपा माओवादी नेता तथा मकवानपुरबाट २०६४ सालको पहिलो संविधानसभामा निर्वाचित सदस्य दिलबहादुर घिसिङ (फुर्वा) नेकपा एमालेमा प्रवेश गरेका छन् । फुर्वासँगै मकवानपुरकी माओवादी नेता वरिना ल तामाङ, राजेश गहतराजलगायतका नेता मंगलबार एमालेको अधयक्ष केपीओलीलाई भेटेर पार्टी प्रवेश गरेका हुन् । फुर्वा पछिल्लो समय मोहन वैद्य नेतृत्वको माओवादीमा...

कांग्रेस पदाधिकारीको बैठक बस्दै

काठमाडौँ । कांग्रेस सभापति शेरबहादुर देउवाले पार्टीको पदाधिकारी बैठक बोलाएका छन् । निजी निवास बूढानिलकण्ठमा आज अपरान्ह ३ बजे पदाधिकारी बैठक बस्दैछ । सत्तारूढ गठबन्धनको मंगलबार बालुवाटारमा बसेको बैठकले परराष्ट्र मन्त्री नियुक्त गर्ने सहमति गरेको थियो । परराष्ट्र मन्त्रालय कांग्रेसले नै राख्ने सहमति भएको छ । परराष्ट्रमन्त्री कसलाई बनाउने...

मुख्यमन्त्री शाक्यद्वारा अक्सिजन प्यान्ट उद्घाटन

चितवन । पूर्वी चितवनको बकुलहर रत्ननगर अस्पतालमा बागमती प्रदेश सरकारको सहयोगमा जडान गरिएको पिसिआर मेसिन र अक्सिजन प्लान्टको उद्घाटन गरिएको छ । अक्सिजन प्लान्टको बागमती प्रदेशका मुख्यमन्त्री अष्टलक्ष्मी शाक्य तथा पिसिआर मेसिनको प्रदेशका स्वास्थ्यमन्त्री प्रदिप कुमार कटुवालले मंगलवार उद्घाटन गरेका हुन् । पहिलो कोरोना संक्रमणको लहरका बेला पूर्वी चितवनका...

एमाले नेता गोलेसहित २४ जना कांग्रेसमा प्रवेश

मकवानपुर । स्थानीय तहको निर्वाचनमा नेकपा एमालेको तर्फबाट बागमती गाउँपालिका वडा नम्वर २ का वडाअध्यक्ष पदका उम्मेदवार हर्कबहादुर गोलेसहित विभिन्न पार्टी परित्याग गरी २४ जना कांग्रेसमा प्रवेश गरेका छन् । कांग्रेस बागमती गाउँपालिकाले आयोजना गरेको अगुवा कार्यकर्ता भेला तथा अन्तरक्रिया कार्यक्रममा पार्टी सभापति एवम् बागमती प्रदेश संसदीय दलका नेता...

नगर सभापति भएपछि कांग्रेसको भातृ एवम् सुभेच्छुक संगठन बलियो बनाउँछु – उत्सव इटेनी

मकवानपुर । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनको चुनावी सरगर्मी सुरु भएको छ । यस अघि भदौ २७ गतेका लागि तय भएको स्थानीय नगर/पालिकाको अधिवेशन आगामी भदौ असोज ९ गतेका लागि सारिएको छ । महाधिवेशनले उत्साह छाएको बेला स्थानीय क्षेत्रमा कांग्रेस नेताहरुले उम्मेदवारी घोषणा गर्न थालेका छन् । कांग्रेसको राजनीतिमा...

एमाले नेता मोक्तानद्वारा खेलकुद सामग्री सहयोग

मकवानपुर । नेकपा एमाले मकवानपुरका जिल्ला सचिवालय सदस्य सुनिल मोक्तानले हेटौंडाका युवा खेलाडीहरुलाई खेलकुद सामग्री सहयोग गरेका छन् । नेकपा एमाले निकट युवा संघका जिल्ला इन्चार्ज समेत रहेका मोक्तानले बुधबार हेटौंडा उपमहानगरपालिका वडा नम्वर १५ का युवा खेलाडीहरुलाई खेलकुद सामग्री सहयोग गरेका हुन् । मोक्तानले हेटौंडा–१५ का सानोसुकौली टोल...

सर्वोच्चले निर्वाचन आयोगसंग माग्यो एकीकृत समाजवादी दल दर्ताको सक्कल निर्णय

काठमाडौं । सर्वोच्च अदालतले नेकपा एकीकृत समाजवादी दल दर्ता गर्ने निर्वाचन आयोगको गत भदौ ९ गतेको सक्कल निर्णय मागेको छ । मंगलबार न्याधीश दीपककुमार कार्की र डा. कुमार चुडालको इजलासले माधव नेपाल नेतृत्वको एकीकृत समाजवादी दल दर्ता गर्ने निर्वाचन आयोगको सक्कल निर्णय माग गर्न आदेश दिएको हो । नेकपा...