प्रधानमन्त्रीले बोलाए सर्वदलीय बैठक
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाले आज (बिहिबार) सर्वदलीय बैठक बोलाएका छन् । बैठक बिहान ११ बस्ने गरी बालुवाटारमा बस्ने गरी बोलाइएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । उक्त बैठकमा संसदको अवरोधलाई निकास दिनेलगायतको विषयमा छलफल हुने प्रधानमन्त्रीको सचिवालयले जानकारी दिए ।
बैठक प्रतिनिधिसभा प्रतिनिधित्व गर्ने दलका शीर्ष नेताहरुको सहभागिता हुनेछ । यस्तै, आज दिउँसो १ बजे प्रतिनिधिसभाको पनि बैठक हुने भएको छ । त्यसअघि प्रधानमन्त्री देउवाले सर्वदलीय बैठक बोलाएका हुन् । यसअघि बसेको प्रतिनिधिसभाको बैठकमा प्रमुख प्रतिपक्ष नेकपा (एमाले) ले लगातार अवरोध गरेको थियो । संसदको अवरोधबारे सभामुख अग्निप्रसाद सापकोटाले पहल गरे पनि निकास निस्किन नसकेपछि प्रधानमन्त्रीले नै पहल थालेका हुन् ।
