अनेरास्ववियू (क्रान्तिकारी) बागमतीको सदस्यमा मकवानपुरका ५ जना
मकवानपुर । अखिल क्रान्तिकारी विद्यार्थी संगठन बागमती प्रदेशको सदस्यमा मकवानपुरका ५ जना निर्वाचित भएका छन् । संगठनको काठमाडौंमा भएको प्रथम सम्मेलनबाट मकवानपुरका ५ सहित ९१ सदस्यीय निर्वाचित भएका हुन् ।
सम्मेलनबाट प्रदेश सदस्यमा मकवानपुरका दिनेश सुवेदी, श्रवन कुमर बर्तौला, संग्राम बल लामा, प्रदिप सिवाकोटी र अन्जु तुम्सिङ निर्वाचित भएका हुन् । कार्यक्रम पार्टीका वरिष्ट नेता नारायणकाजी श्रेष्ठको प्रमुख आतिथ्यतामा भक्तपुरको सानोठिमीमा सम्पन्न भएको हो । कार्यक्रममा मकवानपुरसहित विभिन्न जिल्लाका माओवादी केन्द्रको भातृ संगठन अनेरास्ववियू (क्रान्तिकारी) का नेता तथा कार्यकताहरुको सहभागिता रहेको थियो ।

