एकीकृत समाजवादी हेटौंडाको अध्यक्षमा भुजेल

तु खबर संवाददाता
२०७८ आश्विन १४, बिहीबार ०८:२०

मकवानपुर । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी) हेटौंडा उपमहानगरपालिका कमिटीको शपथ ग्रहण तथा नगर कमिटी बैठक सम्पन्न भएको छ । बैठकले नगर कमिटीको अध्यक्षमा धुर्ब भुजेललाई चयन गरेको छ । बुधबार हेटौंडामा बसेको उक्त बैठकले भुजेलको संयोजकत्वमा २२ सदस्यीय नग कमिटी घोषणा गरेको हो ।

बैठक पार्टीका स्थायी समिति सदस्य तथा मकवानपुर इन्चार्ज ललित बस्नेतको प्रमुख आतिथ्यतामा सम्म्पन्न भएको हो । पार्टीका पोलिटब्युरो सदस्य ललित बस्नेतले नव निर्वाचित नगर समितिका सदस्यहरूलाई शपथ ग्रहण गारएका थिए । बैठकमा एकीकृत समाजवादी मकवानपुरका अध्यक्ष श्रीधर पोखरेल, उपाध्यक्ष तथा नगर इन्चार्ज मिनाकुमारी लामा, सचिव बिण्णु दाहाल, कार्यलय सचिव तिलक अधिकारीलगायतका जिल्ला नेताहरुको उपस्थिति रहेको थियो । बैठकले नगर भित्र वडा तथा टोल कमिटी विस्तारको अभियान चलाउने निर्णय गरेको जनाएको छ ।