एमालेको केन्द्रीय कमिटी बैठक बस्दै
काठमाडौं । एमाले केन्द्रीय कमिटीको बैठक आज (शुक्रबार) पनि बस्दैछ । बैठक बिहान ११ बजे तुलसीलाल प्रतिष्ठान च्यासलमा बस्ने भएको हो । एमाले केन्द्रीय कार्यालयका सचिव शेरबहादुर तामाङका अनुसार, विधान महाधिवेशनको तयारीका लागि एमालेको बैठक बस्न लागेको हो ।
केन्द्रीय कमिटी बैठकमा असोज १५, १६ र १७ गते हुने विधान महाधिवेशनको राजनीतिक प्रतिवेदन, संगठनात्मक प्रस्ताव र विधान संशोधन प्रस्तावमाथि छलफल गरी पारित गर्ने एजेण्डा रहेको सचिव तामाङले बताए । एमाले कमिटीको बैठक शनिबार सम्पन्न गर्ने तयारी छ । बैठकले विधान महाधिवेशनमा लगिने विभिन्न प्रतिवेदनमाथि छलफल गरी पारित गर्ने तामाङको भनाइ छ ।
