आगामी निर्वाचनमा माओवादी देशकै ठूलो शक्ति बन्नेमा ढुक्क छु : मोक्तान

तु खबर संवाददाता
२०७८ आश्विन ८,शुक्रबार ०८:५२

मकवानपुर । नेकपा माओवादीका केन्द्रीय सदस्य तथा मकवानपुरका इन्चार्ज कुमारी मोक्तानले आगामी निर्वाचनमा आफ्नो पार्टी देशकै ठूलो शक्ति बन्ने बताएकी छन् । माओवादी हेटौंडा उपमहानगरपालिका वडा नम्वर १३ को प्रथम वडा अधिवेशन तथा उद्घाटन समारोह कार्यक्रममा बोल्दै उनले आगामी निर्वाचन आफ्नो पार्टी देशकै ठूलो शक्ति बन्नेमा ढुक्क भएकी बताएका हुन् ।

‘राष्ट्रियताको पक्षमा लड्ने र देशको हित विपरित काम नगरेको पार्टी माओवादी मात्र भएकाले आगामी निर्वाचनमा माओवादी देशकै ठुलो शक्ति बन्नेमा ढुक्क छु’, उनले भनिन्, ‘यो अभियान सम्पन्न गर्न माओवादी आन्दोलनमा लागेकाहरु सबै एकताबद्ध हुन जरुरी छ ।’ जनताले लडेर ल्याएको संविधान र गणतन्त्र सिध्याउन खोज्नेहरुलाई आगामी निर्वाचनमा जनताले मत नदिने उनको भनाई छ ।

अधिवेशनले बिरबहादुर ल्होको अध्यक्षतामा ३५ सदस्यीय वडा कमिटी गठन गरेको छ । कमिटीको उपाध्यक्षमा सुर्य बहादुर रुम्बा, सचिवमा कृष्ण कुमार डिम्डुङ, कोषाध्यक्षमा बुनुमाया थिङलगायत रहेका छन् । त्यस्तै, सोही अधिवेशनले सम्बुसिं बज्यु अध्यक्ष रहनेगरी ३१ सदस्यीय वाइसिएल वडा कमिटी गठन गरेको छ । कमिटीको उपाध्यक्ष कमल मोक्तान, सचिव साजन स्याङ्तान लगायत रहेका छन् । कार्यक्रममा बागमती प्रदेश कमिटी सदस्य ललित घलान, नेकपा माओवादी केन्द्रका प्रचार बिभाग प्रमुख कमानसिं पाख्रिन, नगर इन्चार्ज बिवेक राई, नगर अध्यक्ष तिर्थ थापा मगर, वाइसिएल जिल्ला अध्यक्ष राज मोक्तान, पूर्व सचिव वलराज ठकुरी, १३ नम्बर वडा कमिटि इन्चार्ज तारा मोक्तानलगायतले शुभकामना मन्तव्य व्यक्त गरेका थिए ।