बागमती प्रदेशमा छिट्टै समाजवादीको नेतृत्वमा सरकार बन्छ – नेपाल

तु खबर संवाददाता
२०७८ आश्विन ५, मंगलवार ०८:१६
file-photo

मकवानपुर । नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपालले बागमती प्रदेशमा अब छिट्टै आफ्नो पार्टीको नेतृत्वमा सरकार बन्ने बताएका छन् । सोमबार पेशागत महासंघ नेपालका राष्ट्रिय समितिको विस्तारित बैठकलाई सम्बोधन गर्दै अध्यक्ष नेपालले सो कुरा बताएका हुन् ।

उनले आफ्नो पार्टी अरुको पार्टीभन्दा कम नभएकोले नेता/कार्यकर्तालाई नआत्तिन आग्रह गरे । प्रदेश नम्वर २, कर्णाली र सुदुरपश्चिम प्रदेशमा आफ्नो पार्टीको सशक्त उपस्थिति नेताहरुलाई उनले धन्यवाद दिए । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीको भनाई लक्षित गर्दै हाईसन्चो भएको मानिसले किन संसदमा नारा लगाउनुपर्यो भन्ने प्रश्न समेत गरे । ‘आज हामी सुनिरहेका छौं, चोइटिएर केही मानिसहहरु गए, हाईसन्चो भयो ।’

यो साच्चै हो भने त्यो सांसदमा नारा किन लगाउनुपर्यो हाइसन्चो भएको मान्छेले ? उनले प्रश्न गरे,‘कति छन् ९ प्रतिशत, २ प्रतिशन छन्, पिलो निचरिएर आनन्द भयो भन्ने मान्छेले किन त्यहाँ कराउनुपर्ने स्थिति बनेको छ संसदमा ?’ अध्यक्ष नेपालले सर्वोच्च अदालतमा विचारधिन विषयमा संसदमा कुरा उठाउन नपाइने भए एमाल सांसदहरु अरुको काधमा चेडर, माइक खोस्दै नाक भाँचिदिन्छु भन्दै संसदमा उफ्रिएको टिप्पणी गरे । नेपाल यसअघि नेकपा एमालेका वरिष्ठ नेता थिए । एमालेका अध्यक्ष ओलीसँग मनमुटाब भएपछि नेपालले हालसालै नयाँ पार्टी दर्ता गराएका छन् । नेपालले एमालेबाट छुट्टिएर नेकपा एकीकृत समाजवादी पार्टी दर्ता गराएका हुन् ।