एकीकृत समाजवादीको अखिलद्वारा हेटौंडामा दीप प्रज्वलन
मकवानपुर । नेकपा एकीकृत समाजवादी पार्टीको विद्यार्थी संगठन अनेरास्ववीयूले संविधान दिवसका अवसरमा आइतबार दीप प्रज्वलन कार्यक्रम गरेको छ । कार्यक्रम हेटौंडा उपमहानगरपालिका वडा नम्वर ४, शितलमहल चोकमा भएको हो ।
एकीकृत समाजवादी मकवानपुरका अध्यक्ष श्रीधर पोख्रेलको प्रमुख आतिथ्यता भएको कार्यक्रममा पार्टी उपाध्यक्ष मीनाकुमारी लामा, अनेरास्ववीयूका केन्द्रीय स्थायी कमिटीका सदस्य सुलभ अधिकारी, केन्द्रीय सदस्य गिरिजा अधिकारी, युवासंघ मकवानपुरका अध्यक्ष किरणमान बल लगायत युवा तथा विद्यार्थी नेताहरुको उपस्थिती रहेको थियो ।
कार्यक्रम अनेरास्ववीयू मकवानपुरका अध्यक्ष एवं केन्द्रिय कमिटिका सचिवालय सदस्य अरुण बर्तौलाको सभाध्यक्षतमा भएको हो । सो क्रममा विद्यार्थी नेता बर्तौलाले संविधान सिद्याउन लागिपर्नेका विरुद्ध विद्यार्थी आन्दोलनमा होमिने बताए । उनले संविधानको प्रतिरक्षाका लागि आफूहरु तयार रहेको बताउँदै विद्यार्थी नेता बर्तौलाले संविधान मास्नेलाई तह लगाउन आवश्यक परे आन्दोलनमा होमिने चेतावनी दिए ।

