राजनीति/ समाज
कांग्रेस केन्द्रीय सदस्य विनोद चौधरीको पद खारेज गर्न उजुरी
मकवानपुर । नेपाली कांग्रेसको १४ औँ महाधिवेशनबाट केन्द्रीय सदस्य निर्वाचित भएका विनोद चौधरीविरूद्ध निर्वाचन आयोगमा उजुरी परेको छ । केन्द्रीय सदस्य पद खारेज गर्न माग गर्दै चौधरीविरूद्ध निर्वाचन आयोगमा उजुरी परेको हो । सिरहा क्षेत्र नम्बर ३ का महासमिति सदस्य सुभाषचन्द्र यादवले विधान विपरीत हुने गरी चौधरी केन्द्रीय सदस्य...
एमाले मकवानपुरका अध्यक्षमा लम्साल र श्रेष्ठ भिड्दै
मकवानपुर । नेकपा एमाले मकवानपुरको अध्यक्षका लागि दुई जनाबीच प्रतिस्प्रधा हुने भएको छ । यही पुस २३ र २४ गते हेटौंडामा हुने जिल्ला अधिवेशनबाट नयाँ नेतृत्वको लागि वर्तमान अध्यक्ष बद्री लम्साल र सचिव एकालाल श्रेष्ठबीच प्रतिस्प्रधा हुने भएको हो । एमाले विभाजन भएपछि तत्कालीन अध्यक्ष मुनु सिग्देल नेकपा एकीकृत...
प्रधानमन्त्री देउवाको भारत भ्रमण स्थगित
काठमाडौं । प्रधानमन्त्री शेरबहादुर देउवाको भारत भ्रमण स्थगित भएको छ । भारतको गुजरातमा हुने भ्राइब्रेन्ट गुजरात समिट रोकिएपछि भएपछि प्रधानमन्त्री देउवाको भारत भ्रमण स्थगित भएको हो । जनवरी १०–१२ सम्म जगुरातमा आयोजना हुने सम्मेलनमा सहभागिताका लागि भारत सरकारले प्रधानमन्त्री देउवालाई निम्तो आएको थियो । जनवरी ९ तारिख अर्थात पुस...
फोनिज बागमतीको अध्यक्षमा युवराज श्रेष्ठ
मकवानपुर । आदिवासी जनजाति पत्रकार महासंघ (फोनिज) बागमती प्रदेश समितिको अध्यक्षमा युवराज श्रेष्ठ सर्वसम्मत चयन भएका छन् । बुधबार र बिहीबार हेटौंडामा भएको फोनिज बागमतीको दोस्रो महाधिवेशनबाट अध्यक्षमा रामेछापका श्रेष्ठ सर्वसम्मत चयन भएको हो । यस्तै, उपाध्यक्षमा राजेश रुम्बा (चितवन), उपाध्यक्ष (महिलातर्फ) डोल्मा शेर्पा (काठमाडौं), महासचिवमा श्याम राना (काठमाडौं),...
मिति सारिए पनि मेरो चुनावी अभियान कायमनै छ : पराजुली
मकवानपुर । नेपाली कांग्रेस मकवानपुरका सभापतिका उम्मेदवार आनन्दराम पराजुलीले जिल्ला अधिवेशनको मिति सारिएपनि आफ्नो चुनावी अभियानलाई कायम राखिएको बताएका छन् । यही पुस २७ गतेका लागि तोकिएको अधिवशेन मिति बुधबार केन्द्रीय निर्वाचन समितिले विज्ञप्ती जारी गर्दै मकवानपुरसहित १६ जिल्लाको अधिवेशन माघ १५ गतेसम्म सारेको सन्दर्भमा पराजुलीले अधिवेशन मिति केहि...
को हुन् गठबन्धनबाट राष्ट्रियसभा सदस्य पदका उम्मेदवार बनेका पौडेल ?
मकवानपुर । २०१७ सालमा स्याङ्जामा जन्मिएका कृष्णप्रसाद पौडेल बागमती प्रदेशबाट सत्ता गढबन्धनको तर्फबाट राष्ट्रियसभा सदस्य पदका उम्मेदवार बनेका छन् । उनले बुधबार प्रदेश निर्वाचन कार्यालय हेटौंडामा मनोनयन दर्ता गराएका हुन् । २०३६ सालबाट विद्यार्थी राजनीति सुरु गरेका पौडेल २०३८ सालमा काठमाडौँको पकनाजोलस्थित पिपल्स क्याम्पसको नेपाल विद्यार्थी संघ उपसभापति र...
जनमत पार्टीको काठमाडौंमा विरोध प्रदर्शन
काठमाडौं । सिके राउत नेतृत्वको जनमत पार्टीले बुधबार काठमाडौंमा प्रदर्शन गरेको छ । प्रदेश २ मा पछिल्ला केही दिनयता किसानका माग राखेर प्रदर्शन गर्दै आएको जनमत पार्टीले माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेको हो । प्रदर्शनमा सहभागीहरूले ‘किसानको माग पूरा गर, समयमा मल सिँचाइको व्यवस्था गर’जस्ता नाराहरु लगाएका थिए ।...
संसद बैठक पुस २८ गतेसम्मका लागि स्थगित
काठमाडौं । प्रतिनिधिसभाको पुस २२ गते बोलाइएको बैठक स्थगित भएको छ । संसद सचिवालयले अर्को बैठक पुस २८ गते बस्ने गरी बिहीबारका लागि तय गरेको बैठक स्थगित गरेको हो । पुस २८ गते दिउँसो १ बजे बैठक बस्ने संसद सचिवालयले सूचना प्रकाशन गरी जानकारी दिएको छ । संसद सचिवालयका...
कांग्रेस मकवानपुरको अधिवेशन माघ १५ गते हुने
मकवानपुर । पुस २७ गतेको लागि तय भएको कांग्रेस मकवानपुरको अधिवेशन माघ १५ गतेमात्रै हुने भएको छ । माघ १२ गते हुने राष्ट्रिय सभाको निर्वाचनलाई मध्येनजर गर्दै अधिवेशन सारिएको नेपाली कांग्रेस केन्द्रीय निर्वाचन समितिका सचिव केशव रिजालद्वारा जारी विज्ञप्तिमा उल्लेख गरिएको छ । आज विहान बसेको नेपाली कांग्रेस केन्द्रीय...
राष्ट्रियसभा निर्वाचन : उम्मेदवारविरुद्ध आज उजुरी दिन सकिने
काठमाडौं । राष्ट्रियसभा सदस्यको उम्मेदवारविरुद्ध आज उजुरी दिनेको कार्यसूची रहेको छ । मंगलबार उम्मेदवारी दर्ता गराएका ४३ जना उम्मेदवारविरुद्ध आज उजुरी दिने कार्यक्रम रहेको निर्वाचन आयोगले जनाएको छ । आज उम्मेदवारविरुद्ध उजुरी परे २२ र २३ पुसमा उजुरीमाथि छानबिन हुनेछ । यस्तै, २४ गते उम्मेदवारले नाम फिर्ता लिने र...










