कांग्रेसको युद्धप्रसाद तथा तेन्जिङपथको संयुक्त टोल समिति गठन

तु खबर संवाददाता
२०७८ पुष २८,बुधबार १८:२३

मकपानपुर । नेपाली कांग्रेस हेटौंडा उपमहानगरपालिका वडा नम्वर–४ ले कर्राको युद्धपथ र तेन्जिङपथको संयुक्त टोल समिति गठन गरेको छ । बुधबार हेटौंडामा आयोजित बृहत टोल भेलाले बिष्णु विडारीको अध्यक्षतामा २१ सदस्यीय समिती गठन गरेको हो । समितिको उपसभापतिमा कल्पना शर्मा, सचिवमा देवकुमारी न्यौपाने, कोषाध्यक्षमा सरिता लामा र सह–सचिवमा रविन्द्र खड्का चुनिएका छन् ।

त्यस्तै सदस्यहरुमा पुरुषोत्तम पौडेल, कविता पुलामी, रविन्द्र कर्माचार्य, पुजा लामा, केशव गौतम, विराज पोखरेल, सम्झना सापकोटा, शशी बर्तौला, रोहित पौडेल, राजेन्द्र खड्का, उत्सव पराजुली, सविता राना, सत्यलक्ष्मी श्रेष्ठ, रवि पुलामी, प्रमिला गौतमलगायत चयन भएका हुन् ।

कार्यक्रमका प्रमुख अतिथि एवम् कांग्रेस मकवानपुरका प्रवक्ता प्रदीप कोइरालाले कांग्रेस अब थप संगठित हुँदै अघि बढ्नुपर्ने बताए । पार्टीलाई देश र जनताप्रति अझै जिम्मेवार तथा प्रतिवद्ध बनाउन आम कार्यकर्ता तथा नागरिकको भूमिका महत्वपूर्ण हुने उनले बताए । उनले आसन्न स्थानीय देखि केन्द्रसम्मको निर्वाचनमा समाजवादको पक्षधर कांग्रेसको विजय गराउन टोलटोलबाट सबैले सक्रिय भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए ।

कार्यक्रममा कांग्रेस मकवानपुर क्षेत्र नम्वर १ (ख) का क्षेत्रीय सभापति राजेश बानियाँ, कांग्रेस हेटौंडा उपमहानगर सभापति उत्सव इटेनी, कांग्रेस नेताहरु शुक्र जोशी, केदारप्रसाद ढोडारी, विकास बानियाँ, भीमबहादुर अर्याल, अन्जना उपाध्याय, राधा कोइराला, अर्जुनप्रसाद देवकोटा, इन्दिरा कोइराला, विजय कार्की, रामेश्वर पराजुली, रामप्रसाद प्रसाईँलगायतको उपस्थिति रहेको थियो । ४ नम्वर वडा सभापति हरिप्रसाद पौडेलको सभाध्यक्षतामा भएको कार्यक्रममा जेष्ठ नागरिक कृष्णप्रसाद पण्डितलाई सम्मान गरिएको थियो । सभापति पौडेलले टोल समिती गठनका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै विजय कार्कीलाई धन्यवाद दिए ।