आज निर्वाचन आयोगमा सर्वदलीय बैठक बस्दै

तु खबर संवाददाता
२०७८ पुष २९,बिहीबार ०९:३६

काठमाडौं । निर्वाचन आयोगले सर्वदलीय बैठक बोलाएको छ । आयोगले आज (शुक्रबार) विहान ११ बजे बस्ने गरी सर्वदलीय बैठक बोलाएको प्रमुख निर्वाचन आयुक्त दिनेशकुमार थपलियाले जानकारी दिए ।

उनका अनुसार, स्थानीय तहको निर्वाचनलगायतका विषयमा परामर्श गर्न सर्वदलीय बैठक बोलाएको हो । उनले सर्वदलीय बैठकमा तीन वटा विषयमा छलफल हुने जानकारी दिए । बैठकमा स्थानीय तहको निर्वाचन, राष्ट्रियसभाको निर्वाचन र मतदाता नामावली अद्यावधिकबारे छलफल हुनेछ ।