राजनीति/ समाज

माघको पहिलो सातादेखि कोरोनाविरुद्धको तेस्रो मात्रा खोप दिइने

काठमाडौं । अग्रपंक्तिमा काम गर्ने र ६० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकलाई आगामी माघ पहिलो सातादेखि कोभिड–१९ विरुद्धको तेस्रो मात्रा खोप लगाइने भएको छ । माघको पहिलो सातादेखि अग्रपङ्क्तिमा काम गर्ने चिकित्सक, स्वास्थ्यकर्मी, सुरक्षाकर्मीलाई खोप लगाइने भएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय सचिव डा रोशन पोखरेलले जानकारी दिए । यस्तै, माघको...

एमाले मकवानपुरको नयाँ नेतृत्व चयनका लागि आज निर्वाचन

मकवानपुर । नेकपा एमाले मकवानपुरको जिल्ला अधिवेशन अन्तरगत नयाँ नेतृत्व चयनका लागि आज शनिबार निर्वाचन हुँदैछ । शुक्रबारबाट हेटौंडामा जारी अधिवेशन अन्तगत जिल्ला अध्यक्षको आकांक्षीको रुपमा एकलाल श्रेष्ठ र बद्री लम्सालबीच प्रतिस्प्रधा हुँदैछ । शुक्रबार राती २ बजे उम्मेदवारहरुको प्रारम्भिक मतदाता नामावली प्रकाशन भएपछि दुबै जनाले चुनावमा बलियो दाबेदारी...

चितवनमा प्रदेश स्तरीय फोटो पत्रकारिता तालिम सुरु

चितवन । राष्ट्रिय फोटो पत्रकार समूह बागमती प्रदेशको आयोजनामा चिवननको रत्ननगर नगरपालिकास्थित सौराहामा २ दिने फोटो पत्रकारिता तालिम आजबाट सुरु भएको छ । नेपाली कांग्रेस बागमती प्रदेश सभापति एवम् पूर्व गृहराज्यमन्त्री इन्द्रबहादुर बानियाँले तालिमको उद्घाटन गरेका हुन् । उद्घाटन समारोहलाई सम्बोधन गर्दै बानियाँले फोटो पत्रकारिताले विगतका राजनीतिक उपलब्धीहरुलाई ताजा...

ओलीले राष्ट्रियसभा निर्वाचनमा हार स्वीकार गरिसके : माधव नेपाल

काठमाडौं । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले एमालेका अध्यक्ष केपी शर्मा ओलीले राष्ट्रियसभा निर्वाचनमा हार स्वीकार गरिसकेको बताएका छन् । पार्टीको काठमाडौं महानगर कमिटीले शुक्रबार आयोजना गरेको एक कार्यक्रममा बोल्दै अध्यक्ष नेपालले सो कुरा बताएका हुन् । एमाले अध्यक्ष ओलीले शुक्रबार पार्टीका जिल्लाहरुको अधिवेशन उद्घाटनका क्रममा ‘राष्ट्रियसभा...

बाल पुनर्स्थापन केन्द्रलाई तरुण दल मकवानपुरको सहयोग

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर १४ स्थित मयुरधापमा रहेको अनाङ अपाङ्ग पुनर्स्थापन केन्द्रमा आश्रित बालबालिकाहरुको लागि नेपाल तरुण दल मकवानपुरले खाद्यान्न सहयोग गरेको छ । केन्द्रमा आश्रित बालबालिकाको भरणपोषणमा समस्या भइरहेको जानकारी पाएपछि शुक्रबार एक कार्यक्रमकाबीच तरुण दलले चामल, दाल, तेल, नुन, आलु, प्याजलगायतका खाद्यान्न सामाग्री सहयोग गरेको...

आज १६ जिल्लामा एमाले अधिवेशन नहुने

काठमाडौं । नेकपा एमालेको १६ जिल्लामा आज अधिवेशन नहुने भएको छ । प्रदेश २ का ७ सहित १६ वटा जिल्लामा आज एमाले अधिवेशन नहुने भएको प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए । उनका अनुसार, प्रदेश २ का सप्तरी बाहेक सिराहा, धनुषा, सर्लाही, महोत्तरी, बारा, रौतहट र पर्साको जिल्ला...

राप्रपाबाट अलग हुन सक्छु : कमल थापा

मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का निवर्तमान अध्यक्ष कमल थापाले आफु राप्रपाबाट अलग पनि हुनसक्ने धारणा सार्वजनिक गरेका छन् । थापाले सामजिक सञ्जाल फेसबुक मार्फत स्टाटस लेख्दै आफु कुनैदिन राप्रपाबाट अलग हुनसक्ने तर, राप्रपा नफुटाउने बताएका हुन् । उनले लेखेका छन् ‘विगतको विषम परिस्थितिमा मैले राजसंस्थाको एजेण्डा बोक्दा...

हेटौंडाका महिला जनप्रतिनिधिलाई पाँच दिने तालिम

मकवानपुर । हेटौंडा उपमहानगरपालिकाको आयोजनामा निर्वाचित महिला जनप्रतिनिधिहरुरका लागि नेतृत्व विकास सम्वन्धी तालिम दिइएको छ । उपमहानगरपालिकामा निर्वाचित भएका महिला जनप्रतिनिधिहरुका लागि पाँच दिने तालिम दिइएको हो । तालिममा हेटौंडाका १९ वटै वडाका महिला जनप्रतिनिधिहरुको सहभागिता रहेको छ । तालिममा प्रशिक्षक सोनालाल चौधरी लगायतकाले सहजीकरण गरेका थिए । कार्यक्रममा...

हेटौंंडा–४ मा कांग्रेसको टोल समिति गठन

मकवानपुर । नेपाली कांग्रेसले हेटौंडा उपमहानगरपालिका वडा नम्वर ४ गर्दोहीमा टोल समिति गठन गरेको छ । टोलीवासीहरुको भेलाले सर्मिला दवाडी सिलवालको अध्यक्षतामा १७ सदस्यीय टोल समिती गठन गरेको हो । यस्तै, समितिको उपसभापतिमा इन्द्रबहादुर लोप्चन, सचिवमा सन्दीप कोईराला, कोषाध्यक्षमा मालती श्रेष्ठ चयन भएका छन् । यसैगरी सदस्यहरुमा क्रमशः अनिता...

एमाले मकवानपुरको जिल्ला अधिवेशन आजबाट सुरु

मकवानपुर । नेकपा एमाले मकवानपुरको जिल्ला अधिवेशन आजबाट सुरु हुँदैछ । एमाले मकवानपुरको प्रचार विभाग नविन सिग्देलका अनुसार, आज र भोलि संचालन हुने उक्त अधिवेशनको विहान साढे ११ बजे उद्घाटन कार्यक्रम रहेको छ । हेटौंडा उपमहानगरपालिका वडा नम्वर ४ स्थित रोयल पार्टी प्यालेसमा हुने उक्त अधिवेशनको उद्घाटन एमालेका केन्द्रीय...