राजनीति/ समाज

एमाले मकवानपुरको अध्यक्ष पदमा मेरो उम्मेदवारी कायमै छ – बद्रि लम्साल

मकवानपुर । नेकपा एमाले मकवानपुरको अध्यक्ष पदका आकांक्षी बद्रिप्रसाद लम्सालले आफ्नो उम्मेदवारी यथावत रहेको जनाएका छन् । उनले आइतबार विज्ञप्ति जारी गर्दै निर्वाचन समितिद्वारा विधि पद्धतिविपरित पार्टीको जिल्ला कमिटी घोषणा गरिएकोमा आपत्ती जनाए । लम्सालले जिल्ला कमिटी अध्यक्ष पदमा आफ्नो उम्मेदवारी कायमै रहेकोले भन्दै भ्रममा नपर्न सबैलाई आग्रहसमेत गरे...

कमल थापाले स्थगित गरे राष्ट्रिय एकता अभियान

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) पूर्वअध्यक्ष कमल थापाले राष्ट्रिय एकता अभियान स्थगित गरेका छन् । कोरोनाभाइरस संक्रमितको संख्या बढ्न थालेपछि उनले २७ पुसबाट गर्न लागिएको अभियान स्थगित गरेको जानकारी दिएका हुन् । ‘२७ पुसदेखि सुरु गर्न लागिएको ’राष्ट्रिय एकता अभियान’ केही समय रोक्नु उपयुक्त हुने सुझाव राप्रपाका जिम्मेवार...

एमाले नुवाकोटको अध्यक्षमा मैनाली निर्वाचित

नुवाकोट । नेकपा (एमाले) नुवाकोटको अध्यक्षमा बद्री मैनाली निर्वाचित भएका छन् । नेकपा एमालेको सातौँ जिल्ला अधिवेशनबाट मैनाली अध्यक्षमा सर्वसम्मत निर्वाचित भएका हुन् । शुक्रबार सुरु भएको अधिवेशन आज नेतृत्व चयन गर्दै सकिएको छ । यस्तै, उपाध्यक्षमा बुद्धिबहादुर प्रधान, सचिवमा सुदर्शन नेपाल, उपसचिवमा काशिराज अधिकारी र नीलकण्ठ आचार्य निर्वाचित...

एमाले मकवानपुरको अध्यक्षमा एकलाल श्रेष्ठ

मकवानपुर । नेकपा एमाले मकवानपुरको अध्यक्षमा एकलाल श्रेष्ठ चयन भएका छन् । हेटौंडामा भएको ११ औं जिल्ला अधिवशेनबाट श्रेष्ठको नेतृत्वमा १ सय ५ सदस्सीय जिल्ला कमिटी चयन भएको हो । त्यसैगरी कमिटीको उपाध्यक्षमा लालबहादुर थापा, सचिवमा नविन सिग्देल, उपसचिवमा हिदम लामा र सिता विष्ट सर्वसम्मत चयन भएका छन् ।...

संचारमन्त्री कार्की आइसोलसनमा

काठमाडौं । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्की आइसोलेसनमा बसेका छन् । सत्ता गठबन्धनका नेताहरूमा कोरोना भाइरस संक्रमण पुष्टि भएपछि संचारमन्त्री कार्की आइसोलेसनमा बसेका हुन् । शनिबार नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र नेता नारायणकाजी श्रेष्ठलाई कोरोना संक्रमण पुष्टि भएको थियो । सरकारका प्रवक्तासमेत रहेका मन्त्री...

सहकारी विकासको लागि प्रदेश सरकार प्रतिबद्ध : मन्त्री मोक्तान

मकवानपुर । बागमती प्रदेशकी सामाजिक विकास मन्त्री कुमारी मोक्तानले सहकारीको विकासको लागि प्रदेश सरकारले महत्वपूर्ण भुमिका खेल्ने बताएकी छन् । शनिबार हेटौंडा उपमहानगरपालिका–१३, शिखरपानीस्थित चुरेशिखर कृषि सहकारी संस्था लिमिटेडको १३ औं वार्षिक साधारणसभाको उद्घाटन गर्दै मन्त्री मोक्तानले सहकारी प्रत्यक्ष जनतासँग जोडिएको संस्था भएकाले प्रदेश सरकारले सहकारीको विकासको लागि महत्वपूर्ण...

आगामी निर्वाचनमा गठबन्धन हुँदैन : शेखर कोइराला

काठमाडौं । नेपाली कांग्रेसका नेता डा.शेखर कोइरालाले आगामी निर्वाचनमा कांग्रेसको कुनै पनि राजनीतिक दलसँग गठबन्धन नहुने बताएका छन् । आज यहाँ सञ्चारकर्मीसँग कुराकानी गर्दै उनले अब हुने स्थानीय, प्रदेश र सङ्घीय निर्वाचनमा कुनै पनि राजनीतिक दलसँग कांग्रेसको गठबन्धन नहुने स्पष्ट पारेका हुन् । नेता कोइरालाले भने, “अब कांग्रेस एक्लै...

राष्ट्रियसभा निर्वाचन : गठबन्धनका उम्मेदवार जिताउन उपेन्द्रको निर्देशन

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) का अध्यक्ष उपेन्द्र यादवले राष्ट्रियसभा सदस्य निर्वाचनमा गठबन्धनका उम्मेदवारलाई विजय गराउन पार्टी सम्बद्ध समितिहरुलाई निर्देशन दिएका छन् । अध्यक्ष यादवले आगामी माघ १२ गते हुने राष्ट्रियसभा निर्वाचनमा नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जसपा र राष्ट्रिय जनमोर्चा पार्टी नेपालसहितको संयुक्त गठबन्धनका...

प्रधानमन्त्री देउवा आइसोलेशनमा

काठमाडौं । प्रधानमन्त्री तथा नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा आइसोलेशनमा बसेका छन् । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) लाई कोरोना संक्रमण पुष्टि भएपछि प्रधानमन्त्री देउवा पनि शनिबारदेखि आइसोलेशनमा बसेको उनको सचिवालयले जनाएको छ । शुक्रबार कोरोना संक्रमण पुष्टि भएका प्रचण्डसँग देउवाको भेटघाट भएकाले प्रोटोकलअनुसार उनी आइसोलेट निर्णयमा...

राष्ट्रियसभा चुनाव : निर्वाचन अधिकृत जिल्ला न्यायाधीशले थप सुविधा नलिने

काठमाडौं । राष्ट्रियसभा निर्वाचनका लागि सात वटा प्रदेशमा निर्वाचन अधिकृत तोकिएका जिल्ला न्यायाधीशले निर्वाचन अधिकृतको हैसियतमा कुनै सेवा, सुविधा र भत्ता नलिने घोषणा गरेका छन् । निर्वाचन अधिकृत तोकिएका सात वटै प्रदेशका जिल्ला न्यायाधीशले संयुक्त विज्ञप्ति जारी गरी सो कुराको घोषणा गरेको हो । जारी विज्ञप्तिमा भनेका छन्, ‘‘लोकतन्त्रको...