कांग्रेसको बुद्ध टोल समिती गठन

तु खबर संवाददाता
२०७८ पुष ३०,शुक्रबार ०७:५७

मकवानपुर । नेपाली कांग्रेस हेटौंडा उपमहानगरपालिका वडा नम्वर ४ ले बुद्ध टोलमा टोल समिती गठन गरेको छ । विहिबार हेटौंडामा आयोजित बृहत टोल भेलाले अनिल सिवाकोटीको अध्यक्षतामा १७ सदस्यीय समिति गठन गरेको हो । समितीको उपसभापतिमा मुकेशबहादुर थापा, सचिवमा सुबेन्द्र जोशी, सहसचिवमा कमला थापा र कोषाध्यक्षमा ममता आचार्य चुनिएका छन् ।

त्यस्तै सदस्यहरुमा विष्णु नेपाल, जयनारायण श्रेष्ठ, रामजी कोइराला, श्रीबहादुर अधिकारी, सीता अधिकारी, सुप्रभा आचार्य, रामधोरा सैवी, नवराज दाहाल, बिनु पौडेल, रञ्जन श्रेष्ठ चयन भएका हुन् । सल्लाहकारमा टेकबहादुर राउत र निरा शर्मा गुरागाईँ चयन भएका छन् ।

कार्यक्रमका प्रमुख अतिथि एवम् कांग्रेस मकवानपुरका प्रवक्ता प्रदीप कोइरालाले अब थप संगठीत हुँदै देश र जनताप्रति उत्तरदायी भएर अघि बढ्नुपर्ने बताए । स्थानीय तहको आसन्न निर्वाचनमा कांग्रेसका उम्मेदवारलाई निर्वाचित गराउने वातावरण तयार गर्न कांग्रेस नेता तथा कार्यकताहरु सक्रिय ढंगबाट लाग्नुपर्ने उनको भनाई छ ।

कार्यक्रममा नेपाली कांग्रेसका हेटौंडा उपमहानगर सभापति उत्सव इटेनी, नेताहरु शुक्र जोशी, राधा कोइराला, रत्नमाया थापा क्षेत्री, गणेशहरी उप्रेती, शिवराम सुवेदी, अर्जुनप्रसाद देवकोटा, रमेश मुडवरी, विजय कार्की, रामेश्वर पराजुली र रामप्रसाद प्रसाईँलगायतको उपस्थिति रहेको थियो । ४ नम्वर वडा सभापति हरिप्रसाद पौडेलको सभाध्यक्षतामा भएको कार्यक्रममा जेष्ठ नागरिक प्रजातन्त्र सेनानी टेकबहादुर राउतलाई सम्मान गरिएको थियो । सभापति पौडेलले टोल समिति गठनका लागि महत्वपूर्ण भूमिका निर्वाह गरेको भन्दै रामप्रसाद प्रसाईँलाई धन्यवादसमेत दिए ।