सहरी विकासमन्त्री झाँक्रीले गरिन् धोबिखोला करिडोरको अनुगमन

तु खबर संवाददाता
२०७८ पुष २९,बिहीबार १५:१५

काठमाडौँ । सहरी विकास मन्त्री रामकुमार झाँक्रीले बिहीबार बिहानै धोबिखोला करिडोरको अनुगमन गरेकी छन् । उनीसहित मन्त्रालयका सचिव, काठमाडौँ उपत्यका प्राधिकरण र अधिकार सम्पन्न बागमती सभ्यता एकीकृत समितीको टोलीले निरीक्षण गरेको हो । टोलीले बाटोको अवस्था, ढल, फोहोर, अव्यवस्थित निर्माण सामग्री र फुटपाथको अवस्थालगायतको अवलोकन गरेको छ ।

अवलोकनका क्रममा मन्त्री झाँक्रीले काठमाडौं उपत्यका विकास प्राधिकरण र वाग्मती सभ्यता एकीकृत समितिलाई बाटोमा देखिएका फोहोर र अव्यवस्थित ढलको समस्या तत्काल समाधान गर्न निर्देशन दिएकी छन् । ‘करिडोरमा देखिएका समस्या समाधानमा तत्काल लाग्नुस्, म केही दिनमा पुनः अनुगमनमा आउँछु,’ उनले भनिन् । मन्त्री झाँक्रीको निर्देशनपछि सरोकारवाला निकायका प्रतिनिधिले केही दिनमै करिडोरमा देखिएका समस्या समाधान प्रतिवद्धता जनाएका छन् ।