जनमोर्चाको प्रदेश सम्मेलन सर्यो

तु खबर संवाददाता
२०७८ पुष २९,बिहीबार १५:०४

काठमाडौँ । कोरोना संक्रमणको जोखिम बढेपछि राष्ट्रिय जनमोर्चाको प्रदेश सम्मेलन सरेको छ । जनमोर्चाको माघ १५ र १६ गते गर्ने भनिएको सातै प्रदेशको सम्मेलन सरेको हो । राष्ट्रिय जनमोर्चाका उपाध्यक्ष दुर्गा पौडेलले अब सम्मेलन आगामी फागुन ६ र ७ गते गरिने जानकारी दिएकी छिन् ।

पछिल्लो समय कोरोना भाइरसका संक्रमितहरु बढ्दै गएका कारण जनमोर्चाले आफ्नो प्रदेश सम्मेलन सारेको हो । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले पनि आफ्नो प्रदेश सम्मेलन सारेको छ । कांग्रेसका केही जिल्लाहरुमा माघ १५ गते हुने भनिएको अधिवेशन पनि सर्ने देखिएको छ । यद्यपी कांग्रेसले कुनै निर्णय भने गरिसकेको छैन ।