बुधबार नेप्सेमा ३० अंकको गिरावट

तु खबर संवाददाता
२०७८ पुष २८,बुधबार १७:११

काठमाडौं । लगातार हरियाली छाएको नेपाली शेयर बजारमा आज गिरावट आएको छ । अघिल्लो दिन १९ अंकले बृद्धि भएको नेप्से परिसूचक बुधबार ३० अंकले घट्न पुगेर २ हजार ८०३ दशमलव ६२ विन्दुमा कायम भएको छ ।

नेप्सेमा सूचीकृत २२९ कम्पनीको १ करोड ६१ लाख ४७ हजार ३९० कित्ता शेयर किनबेच हुँदा ८ अर्ब ३ करोड ३२ लाख १२ हजार ७४२ रुपैयाँको कारोबार भएको छ । नेप्सेमा सोही अंक अर्थात् १.०८ प्रतिशतले घटेतापनि लामो समयपछि शेयर कारोबार रकम भने बृद्धि हुन पुगेको छ । आज नेप्सेमा गिरावट आएपनि लगानीकर्ताहरुले शेयर खरिदबिक्री गरि कारोबार ८ अर्बमाथि पुगेको छ ।

त्यस्तै, नेप्सेमा रहेका १३ उपसूचकमध्ये ३ समूह बाहेकका सबै समूह आज राताम्य भएका छन् । ब्यापार समूह, उत्पादन तथा प्रशोधन समूह र लगानी समूह बाहेकका सबै समूह राताम्य भएका हुन् । साथै आज सर्वाधिक कारोबार हुने कम्पनीमा नेपाल बंगलादेश बैंक रहेको छ । बैंकको मात्रै आज २८ करोड ६९ लाख ९९ हमजार ३८५ रुपैयाँको कारोबार भएको हो । आज निफ्रा र कर्पोरेट डेभलपमेन्ट बैंकको शेयरमा सकारात्मक सर्किट लागेको छ ।