राजनीति/ समाज

उच्च अदालत हेटौंडाद्वारा चेपाङको ‘हत्या गर्ने’ सैनिकलाई जन्मकैदको फैसला

मकवानपुर । सेनाकोे यातनाबाट चितवन राष्ट्रिय निकुञ्जभित्र गम्भीर घाइते भएका र उपचार क्रममा मृत्यु भएका राजकुमार चेपाङको मुद्दामा उच्च अदालत पाटन हेटौंडा इजलासले एक जनालाई जन्मकैदको फैसला सुनाएको छ । सो मुद्धामा जिल्ला अदालतले गरेको निर्णयलाई उल्ट्याउँदै उच्च अदालतले जन्मकैदको सजाय सुनाएको हो । पाटन उच्च अदालतको हेटौंडा इजलासका...

दामनमा भारी हिमपात, तापक्रम माइनसमा

मकवानपुर । आइतबार बेलुकादेखि मकवानपुरमा पुनः चिसो बढेको छ । जिल्लाको उत्तरी क्षेत्र थाहा नगरपालिकास्थित दामन, सिम्भञ्ज्याङलगायतका क्षेत्रमा हिमपात भएपछि सो क्षेत्रको तापक्रम माइनसमा पुगेको हो । चिसो बढेपछि त्यहाँको जनजीवन प्रत्यक्ष प्रभावित भएको छ । जिल्लाको सदरमुकाम हेटौंडासहित मनहरी, भीमफेदी, बकैया, इन्द्रसरोवर लगायतका क्षेत्रहरुमा पनि आइतबार बेलुकादेखि पानी...

कांग्रेस बागमती प्रदेशः जगदिश्वर नरसिं केसीसहित ७ जना कार्यसम्पादन समितिमा मनोनित

मकवानपुर । नेपाली कांग्रेस बागमती प्रदेश समितिको आइतबार सिन्धुपाल्चोकमा सम्पन्न दोस्रोे बैठकले नेता जगदिश्वरनरसिं केसीसहित ७ जनालाई कार्यसम्पादन समितिमा मनोनित गर्ने निर्णय गरेको छ । बैठकले केसीसहित लामा कर्पु तामाङ, बलबहादुर दमाई, दीर्घमान श्रेष्ठ, दीपेन्द्र आचार्य, कल्पना खड्का र मसिना खड्का भण्डारीलाई कार्यसम्पादन समिति सदस्यमा मनोनित गरेको हो ।...

जिल्ला न्यायाधीशको परीक्षामा ३ जना उत्तीर्ण, अन्तरवार्ता फागुन २९ गते

काठमाडौं । जिल्ला न्यायाधीशको परीक्षामा ३ जनामात्रै उत्तीर्ण भएका छन् । न्याय सेवा आयोगको आइतबार बसेको बैठकले गरेको नतिजा प्रकाशनअनुसार ३ जनामात्रै उत्तीर्ण भएका हुन् । उत्तीर्ण हुनेमा चन्द्र पोखरेल, ओमबहादुर सोडारी र भुवन गिरी रहेका छन् । उत्तीर्ण भएकाहरुको अन्तरवार्ता यही फागुन २९ गतेका लागि तोकिएको छ ।...

एमालेले संसदमा अवरोध जारी राख्ने, एमसीसीको विषयमा तत्कालै धारणा नबनाउने

काठमाडौँ । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रतिनिधिसभामा टेबुल भएको एमसीसी पास वा फेल गर्ने सम्बन्धमा तत्काल कुनै धारणा नबनाउने जनाएको छ । एमालेको संसदीय दलका प्रमुख सचेतक विशाल भट्टराईले आज संचारकर्मीहरुसँग एमसीसी पहिले नै संसदमा टेबुल गर्नुपर्नेमा ढिलाएको पनि बताए । ढिला गरी टेबुल गरिएको भएपनि गठबन्धन सरकारले...

माओवादी केन्द्र एमसीसीको विपक्षमा छ – प्रचण्ड

काठमाडौँ । नेकपा माओवादी केन्द्रका अध्यक्ष एवम् पूर्व प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले आफुहरु अमेरिकी सहयोग परियोजना मिलेनियम च्यालेन्ज कम्प्याक्ट एमसीसीको विपक्षमा रहेको बताएका छन् । आइतबार सरकारले प्रतिनिधिसभा बैठकमा एमसीसी सम्झौता टेबुल गरेपछि प्रचण्डले विरोध र विवादकाबीच एमसीसी टेबुल गरिएको प्रतिक्रिया दिएका छन् । उनले आफुहरु एमसीसीको विपक्षमा उभिने...

एमसीसी पास गर्न हाम्रो समर्थन हुँदैन: माधव नेपाल

काठमाडौँ । नेकपा एकीकृत समाजवादी पार्टीका अध्यक्ष माधवकुमार नेपालले अमेरिकी सहयोग परियोजना एमसीसी संसद्मा टेबुल गर्न सहमत भएपनि पास गर्न समर्थन नगर्ने बताएका छन् । सत्तारुढ चार दलका शीर्ष नेताहरुबीच भएको सहमतिअनुसार आज प्रतिनिधिसभा बैठकमा एमसीसी टेबुल भएको छ । संसद बैठकपछि पत्रकारहरुसँग कुराकानी गर्दै एकीकृत समाजवादीका अध्यक्ष नेपालले...

एमसीसी टेबुल गरेर प्रतिनिधिसभा बैठक स्थगित

काठमाडौँ । अमेरिकी सहयोग सम्बन्धी परियोजना एमसीसी सम्झौता टेबुल भएसँगै प्रतिनिधिसभा बैठक स्थगित भएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीले एमसीसी सम्झौता अनुमोदनका लागि प्रतिनिधिसभा बैठकमा प्रस्ताव पेश गरेपछि सभामुख अग्निप्रसाद सापकोटाले फागुन १२ गतेसम्मको लागि बैठक स्थगित गरेका हुन् ।

एमसीसी प्रतिनिधिसभा संसद्मा टेबुल

काठमाडौँ । प्रतिनिधिसभा संसद्मा अमेरिकी सहयोग निकाय मिलिनियम च्लालेन्ज कर्पोरेशन एमसीसी र नेपाल सरकारबीचको अनुदान सहायता सम्झौता मिलिनियम च्यालेन्ज कम्प्याक्ट टेबुल भएको छ । संसद्मा दर्ता भएको ३२ महिनापछि प्रतिनिधिसभामा एमसीसी टेबुल भएको हो । अर्थमन्त्री जनार्दन शर्माको तर्फबाट सूचना प्रविधि तथा सञ्चारमन्त्री ज्ञानेन्द्र कार्कीले सम्झौता अनुमोदनका लागि टेबुल...

सत्ता गठबन्धनका नेताहरु प्रतिनिधिसभा बैठकमा एमसीसी टेबुल गर्न सहमत

काठमाडौँ । सत्ता गठबन्धनका नेताहरु अमेरिकी सहयोग परियोजना एमसीसी अनुमोदनका लागि संसदमा पेस गर्न सहमत भएका छन् । आइतबार विहान प्रधानमन्त्री निवास बालुवाटारमा बसेको गठबन्धनको बैठकमा एमसीसी संसदमा पेश गर्ने सहमति भएको हो । आज बस्ने प्रतिनिधिसभा बैठकमा एमसीसी टेबुल हुने बताइएको छ । आज दिउँसो १ बजे प्रतिनिधि...