एमसीसीबारे कांग्रेस र एमालेबीच आज पनि छलफल हुने

तु खबर संवाददाता
२०७८ फाल्गुन १४, शनिबार ०९:३४

मकवानपुर । एमसीसी अनुमोदन गर्ने विषय टुंगोमा पुर्याउन नेपाली काँग्रेस र नेकपा एमालेबीच शनिबार पनि वार्ता हुने भएको छ । शनिबार अपरान्ह दुई दलबीच वार्ता हुने तयारी रहेको छ । एमसीसी संसदमा टेबल भएसँगै प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवाले एमाले अध्यक्ष केपी ओलीसँग निरन्तर वार्ता गर्दै आएका छन् । सत्ता गठबन्धनमा एमसीसीको विषमा खटपट भएपछि देउवा ओलीसँग सहयोग मागिरहेका छन् ।

शुक्रबार साँझ पनि दुई दलबीच वार्ता भएको थियो । वार्तामा एमालेले पार्टीले राख्दै आएको माग पुरा भएपछि मात्रै अर्को प्रक्रियामा जान सकिने धारणा राखेको थियो । एमालेले सभामुख हटाउने कुरालाई बटमलाइन बनाउँदै आएको छ । पार्टीले कारबाही गरेका १४ सांसदलाई सभामुखले बचाएको एमालेको आरोप छ । सभामुख हटाउने विषयमा काँग्रेस र एमालेबीच सहमति जुटिसकेको छैन ।

काँग्रेसबाट सहमतिका लागि कुनै ठोस प्रस्ताव भने नआएको उनको भनाइ छ । एमालेसँगको छलफलपछि काँग्रेसले सत्ता साझेदार माओवादी केन्द्रलाई एमसीसीको पक्षमा उभिन शनिबार तीन बजेसम्मको समय दिएको बताइएको छ ।