बुद्ध लामाको उम्मेदवारी घोषणासभामा देखिए प्रभात दाहाल

तु खबर संवाददाता
२०७८ फाल्गुन १४, शनिबार १८:५६

मकवानपुर । नेपाली कांग्रेस मकवानपुरको आसन्न फागुन १५ गते हुने अधिवेशनमा सभापति पदका उम्मेदवार बुद्ध लामाले कार्यकर्तासमक्ष चुनावी एजेण्डा सार्वजनिक गर्न शनिवार आयोजना गरेको कार्यक्रममा नेता प्रभातकुमार दाहाल मञ्चमा देखिए ।

सभापतिमा आकाँक्षा व्यक्त गरेर आन्तरिक तयारीमा जुटेका दाहाल बुद्ध लामाको उम्मेदवारी घोषणा कार्यक्रममा उपस्थित भए । संस्थापन पक्षद्वारा आयोजित उक्त कार्यक्रममा दाहालले भाषण त गरेनन् तर उनले मौन समर्थन जनाए । त्यस्तै कार्यक्रममा कांग्रेस नेताहरु भरत पराजुली, प्रदिप कोइराला मञ्चमा देखिए ।

अर्का उम्मेदवार जयराम लामिछानेको नेतृत्वमा सचिवको उम्मेदवार बनेका भीमसेन महत र इश्वर पाठक पनि कार्यक्रममा अग्र भागमा देखिए । कार्यक्रममा उम्मेदवार बुद्ध लामाले सहमति जुट्ने अवस्था बनेमा आफु कार्यबाहक सभापति विष्णुप्रसाद लामिछानेलाई अघि सारेर ब्याक हुन तयार रहेको र चिर्वाचन हुने अवस्थामा भएमा आफु संस्थापन पक्षबाट उम्मेदवार हुने स्पष्ट पारे ।