ललितकला मञ्च नेपाल मकवानपुरमा रानाको नेतृत्व
मकवानपुर । नेकपा एकीकृत समाजवादी पार्टीको जनवर्गीय संगठन राष्ट्रिय जनसांस्कृतिक महासंघ समाजवादीको घटक ललितकला मञ्च नेपाल मकवानपुर जिल्ला समिती गठन गरिएको छ ।
मकवानपुरका कलाकारहरुको शनिबार भएको भेलाले रानाको संयोजकत्वमा ९ सदस्यीय समती गठन गरेको हो । समितिको उपाध्यक्षमा दिलकोराजा राजथला, सचिवमा सुजन राई, कोषाध्यक्षमा करिमा जोशी रहेका छन् । यस्तै, सदस्यहरुमा क्रमशः अनिता लोप्चन, शारदा घलान, माधवप्रसाद सिलवाल, अदिशराज जोशी र अमृत कार्की रहेका छन् ।
भेलाले मञ्चको सल्लाहकारमा कलाकार ज्ञानभक्त लामालाई चयन गरिएको छ । एकीकृत समाजवादीका केन्द्रीय सदस्य एवं मकवानपुर इन्चार्ज ललित बस्नेतको प्रमुख आतिथ्यतामा भएको भेलामा राष्ट्रिय जनसांस्कृतिक महासंघ समाजवादीका केन्द्रीय सदस्य एवं मकवानपुर इन्चार्ज शान्तिप्रिय बन्दना, जनसांस्कृतिक महासंघ समाजवादीका केन्द्रीय सदस्य एवं ललितकला मन्च नेपालका केन्द्रीय अध्यक्ष दिवेश प्रधान, जनसांस्कृतिक महासंघ समाजवादी मकवानपुरका अध्यक्ष सानुभाई विश्वकर्माको आतिथ्यता थियो ।
यस्तै, आज भएको भेलाले शनिबारीय चित्रकला अभियानका लागि हेटौंडा डिभिजन घोषणा गरेको छ । कलाकार सुजन राईको संयोजकत्वमा हेटौंडा अभियान घोषणा गरिएको ललितकला मन्च नेपालका केन्द्रीय अध्यक्ष दिवेश प्रधानले जानकारी दिए । शनिबारीय चित्रकला अभियान हरेक शनिबारका दिन स्थलगत रुपमा कलाकारले देखेका चित्र कोरी प्रदर्शन गर्दै आइरहेका छन् । अभियान अन्तर्गत गत शनिबार हेटौंडाको संगमचोकमा जम्मा भएका कलाकारले चित्र कोरी प्रदर्शन गरेका थिए ।
