राजनीति/ समाज

वीपी विचार समाजले मनायो ७३ औं प्रजातन्त्र दिवस

मकवानपुर । वीपी विचार समाज मकवानपुरले ७३ औं राष्ट्रिय प्रजातन्त्र दिवस मनाएको छ । हरेक वर्ष फागुन ७ गते मनाउँदै आएको प्रजातन्त्र दिवस शनिबार हेटौंडामा प्रजातान्त्रिक अभ्यास र जनआकर्षणको लागि नेतृत्वको विषयक विचार प्रवाह कार्यक्रम गरी मनाइएको हो । कार्यक्रम वीपी विचार समाज मकवानपुरका कार्यबाहक अध्यक्ष प्रदिप कोइरालाको सभाध्यक्षता...

हेटौंडा–१० मा कांग्रेसको वडा कार्यालय स्थापना

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर १० मा नेपाली कांग्रेको वडा कार्यालय स्थापना गरिएको छ । कांग्रेस मकवानपुरका सल्लाहकार तथा नेपाल विद्यार्थी संघ पूर्वमहामन्त्री प्रभातकुमार दाहालले एक कार्यक्रमबीच रिबन काटेर उक्त कार्यालयको उद्घाटन गरेका हुन् । स्थानीय तहको निर्वाचन मिति घोषणा भएसँगै धमाधम पार्टी कार्यालय स्थापना भइरहेको छ ।...

आज सत्ता गठबन्धनको बैठक बस्दै

काठमाडौं । आज सत्ता गठबन्धनको बैठक बस्दैछ । अमेरिकी सहयोग परियोजना एमसीसीको विषयमा छलफल गर्न सत्ता गठबन्धनको बैठक बस्न लागेको हो । बैठक बिहान १० बजे प्रधानमन्त्री निवास बालुवाटारमा बस्न लागेको हो । सो बैठकले एमसीसी संसदमा पेस गर्ने कि नगर्ने भन्ने विषयमा साझा धारणा तय गर्ने छ ।...

इन्द्र बानियाँले अपाङ्ग बनाएको कम्युनिष्टलाई प्यारालाइसिस बनाउँछु – लामिछाने

मकवानपुर । कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिले मकवानपुरसहित बाँकी जिल्लाहरुको अधिवेशन आउँदो फागुन १६ गते गर्ने गरी तयारी गरेको छ । मकवानपुरमा कार्यबाहक सभापति विष्णु लामिछानेसहित ५ जनाले सभापति पदमा आकाँक्षा व्यक्त गरेका छन् । सरकारले स्थानीय तहको निर्वाचनको मिति पनि घोषणा गरिसकेको अवस्था छ । स्थानीय तह निर्वाचन अघि...

लोकतान्त्रिक समाजवादीबाट निर्वाचित गाउँपालिका उपाध्यक्ष एमालेमा प्रवेश

महोत्तरी । महोत्तरीको पिपरा गाउँपालिकाकी उपाध्यक्ष ननुकुमारी दास नेकपा एमालेमा प्रवेश गरेकी छन् । लोकतान्त्रिक समाजवादी पार्टी नेपालबाट उपाध्यक्षमा निर्वाचित भएका उनी शनिबार एमालेमा प्रवेश गरी हुन् । उनी पिपरामा आयोजित अखिल नेपाल महिला संघ महोत्तरीको नगर सम्मेलन तथा पार्टी प्रवेश कार्यक्रममा एमालेमा प्रवेश गरेका हुन् । उपाध्यक्ष दासको...

संसद चल्न दिए एकीकृत समाजवादीले एमसीसी पेस गर्न दिने

काठमाडौं । नेकपा एकीकृत समाजवादीले सहमति जुटेमा अमेरिकी सहयोग परियोजना एमसीसी संसदमा पेस गर्न दिने भएको छ । पार्टीको शनिबार नयाँ बानेश्वरमा बसेको स्थायी कमिटी बैठकले एमसीसी सम्झौतालाई संसद्मा टेबल गर्नबाट नरोक्ने निर्णय गरेको प्रवक्ता जगनाथ खतिवडाले जानकारी दिए । तर, बैठकले यथास्थितिमा एमसीसीलाई पारित गर्न नसकिने पनि निर्णय...

कमल थापाले विगतमा धेरै गल्ती गरेको भन्दै माफी मागे

काठमाडौं । राप्रपा नेपाल घोषणा गरेका कमल थापाले विगतमा धेरै गल्ती गरेको भन्दै माफी मागेका छन् । उनले शनिबार राप्रपा नेपालको घोषणा गर्दै आफुहरुले पाँच वर्षयता बाटो बिराएको र धेरै गल्ती गरेको भन्दै माफी मागेका हुन् । उनले पार्टी ठूलो बनाउने नाममा असहज र अस्वाभाविक सम्झौताहरु गर्नु र पटक–पटक...

प्रजातन्त्र दिवसको कार्यक्रममा उपस्थित भएन एमाले, प्रदेश प्रमुख र सभामुख पनि अनुपस्थित

मकवानपुर । बागमती प्रदेश सरकारले प्रजातन्त्र दिवसको अवसरमा शनिवार आयोजना गरेको कार्यक्रममा प्रमुख विपक्षी दल नेकपा एमाले सहभागी भएन । प्रदेश सरकारले तीन दिनसम्म प्रजातन्त्र दिवस मनाउने निर्णय गरी आज शुभकामना आदानप्रदान कार्यक्रम आयोजना गरेको थियो । तर प्रमुख विपक्षी एमाले उपस्थित नभएको हो । कार्यक्रमस्थलमा गठबन्धनका मन्त्री, तथा...

एमसीसीले राष्ट्रिय राजनीतिलाई जटिल मोडतर्फ धकेल्यो– मुख्यमन्त्री पाण्डे

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्दप्रसाद पाण्डेले यतिबेला राष्ट्रिय राजनीति जटिल अवस्थामा पुगेको बताएका छन् । प्रजातन्त्र दिवसको अवसरमा प्रदेश सरकारद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै पाण्डेले विदेशी अनुदान सहायता एमसीसीको विषयलाई लिएर राष्ट्रिय राजनीति जटिल बन्दै गएको बताए । नेपाली जनताको त्याग तपस्या र बलिदानीबाट प्राप्त उपलब्धीको रक्षा जनहितको...

प्रजातन्त्रलाई थप सुदृढ एवम् संस्थागत गर्नु हाम्रो दायित्व हो –मुख्यमन्त्री पाण्डे

मकवानपुर । बागमती प्रदेशका मुख्यमन्त्री राजेन्द्र प्रसाद पाण्डेले मुलुकमा प्रजातन्त्रको स्थापना र विभिन्न समयमा भएका राजनीतिक परिवर्तनपछि संघीय लोकतान्त्रिक गणतन्त्रात्मक संविधान जारी भएसँगै लामो राजनीतिक संक्रमणकाल समाप्त भएको बताएका छन् । ७२ औँ प्रजातन्त्र दिवसको अवसरमा प्रदेश सरकारद्वारा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले नेपाली जनताको बलिदानीपूर्ण संघर्षबाट आएको व्यवस्थालाई...