प्रतिनिधिसभा बैठक आज बस्दै, एमसीसीबारे छलफल हुने

तु खबर संवाददाता
२०७८ फाल्गुन १३, शुक्रबार ०८:२३
file-photo

मकवानपुर । अमेरिकी सहयोग परियोजना एमसीसीबारे छलफल गर्न प्रतिनिधिसभाको बैठक आज बस्दैछ । हिजो दिउँसो बोलाइएको बैठक स्थगित गरी आजको लागि बैठक आह्वान गरिएको हो । बैठक दिउँसो १ बजे सुरु हुने प्रतिनिधि सभा सचिवालयले जनाएको छ ।

बिहीबार बैठकको कार्यसूची तय गर्न कार्य व्यवस्था परामर्श समितिको बैठकसमेत बसेको थियो तर अन्तिम समयमा आएर सोही बैठकमा सरकारले एक दिनको समय मागेपछि संसद बैठक आजलाई सारिएको हो । एमसीसीबारे संसदमा प्रतिनिधित्व गर्ने दलहरूबीच अझै सहमति हुन सकेको छैन । बिहीबार दिनभर प्रधानमन्त्री शेरबहादुर देउवा र सरकार सक्रिय भए पनि कुनै सहमति भएको छैन । सत्तारुढ दलहरू विभाजित भएका छन्, गठबन्धन कायम रहने वा नरहने भन्ने विषय अन्यौलमा परेको छ ।