राजनीति/ समाज
एमसीसीबारे निष्कर्ष निकाल्न सत्ता गठबन्धनको बैठक सुरु
काठमाडौँ । प्रधानमन्त्री निवास बालुवाटारमा सत्तारुढ पाँचदलीय गठबन्धन सुरु भएको छ । अमेरिकी सहयोग परियोजना एमसीसीबारे अन्मित निश्कर्ष निकाल्न गठबन्धनको बैठक बसेको जनाइएको छ । प्रधानमन्त्री शेरबहादुर देउवा एमसीसी अनुमोदनका लागि संसदमा पेश गर्नुपर्ने अडानका छन् । तर माओवादी केन्द्र र एकीकृत समाजवादीले संसदको अवरोध कायम रहेको बेला एमसीसी...
चरिकोट अस्पताललाई पशुपति चौलागाईं स्मृति अस्पताल नामाकरण गरिने
मकवानपुर । बागमती प्रदेश सरकारको विहिबार बसेको बैठकले दोलखा जिल्लाको सदरमुकाम चरिकोट अस्पतालको नाम परिवर्तन गरेर पशुपति चौलागाईं स्मृति अस्पताल नामाकरण गर्ने निर्णय गरेको छ । प्रदेशसभा सदस्य चौलागाईंको कोरोना संक्रमणबाट निधन भएको थियो । उनको स्मृतिमा अस्पतालको नाम परिवर्तन गर्ने निर्णय भएको सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला तथा...
बागमती प्रदेशः शीत भण्डार संचालन सम्बन्धि कार्यविधि पास गर्ने निर्णय
मकवानपुर । बागमती प्रदेश सरकारको विहिबार बसेको बैठकले प्रदेशको विभिन्न जिल्लामा निर्माण गरिएको शीत भण्डार सञ्चालन सम्बन्धि कार्यविधि पास गर्ने निर्णय गरेको छ । प्रदेश सरकारले स्थानीय र निजी क्षेत्रसँग सहकार्य गरेर निर्माण गरेको ९ वटा शीत भण्डार अब छिट्टै सञ्चालनमा ल्याउने तयारी भइरहेको सरकारका प्रवक्ता एवम् आन्तरिक मामिला...
मनहरीका ७० परिवारलाई न्यानो कपडा वितरण
मकवानपुर । मकवानपुरको मनहरी गाउँपालिका वडा नम्वर २ का ७० घरपरिवारलाई न्यानो कपडा विरतण गरिएको छ । कांग्रेस मनहरी–२ ले कांग्रेस मकवानपुर क्षेत्र नम्वर २ (ख) का सभापति रन्जन कालाखेतीको समन्वय र नेपाली कांग्रेस बागमती प्रदेशका सभापति इन्द्रबहादुर बानियाँको आर्थिक सहयोगमा बिहिबार ७० घरपरिवारलाई न्यानो कपडा वितरण गरेको हो...
कार्यकारी उपाध्यक्षबाट पदमुक्त भएका चौलागाईंले भने – सरकारको निर्णय विरुद्ध सर्वोच्च जान्छु
मकवानपुर । बागमती प्रदेश युवा परिषद्को कार्यकारी उपाध्यक्षबाट विहिबार पदमुक्त भएका सन्तोष चौलागाईँले आफुलाई राजनीतिक पूर्वाग्रह राखेर बर्खास्त गरिएको भन्दै आपत्ती जनाएका छन् । उनले आफुमाथि सरकारले अन्यायपूर्ण निर्णय गरेको भन्दै त्यसको विरुद्ध सर्वोच्च अदालत जाने प्रतिक्रिया दिए । उनले भने, ‘मैले परिषद्को गरिमालाई ध्यानमा राखी क्षेत्राधिकार भित्रै रहेर...
बागमती प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष चौलागाईं बर्खास्त
मकवानपुर । बागमती प्रदेश युवा परिषद्का कार्यकारी उपाध्यक्ष सन्तोष चौलागाईँ पदमुक्त भएका छन् । विहीबार बसेको मन्त्रिपरिषद् बैठकले प्रदेशका विभागीय मन्त्री तथा परिषद् अध्यक्षसँग समन्वय नगरी काम गरेको, सोधिएको स्पष्टिकरणको जवाफ चित्तबुझ्दो नदिएको भन्दै चौलागाईँलाई बर्खास्त गरेको हो । त्यस्तै उनले पत्रकार सम्मेलन गरी परिषद्को आन्तरिक गोपनीयता भंग गरेको,...
माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जसपाबीच छलफल
मकवानपुर । सत्तारुढ गठबन्धनमा रहेका दलहरु नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीले एमसीसीबारे छुट्टै छलफल गरेका छन् । माओवादी केन्द्रको संसदीय दलको कार्यालयमा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल र जनता समाजवादी पार्टीका नेता राजेन्द्र श्रेष्ठबीच छलफल भएको हो । अमेरिकी सहयोग...
निर्वाचन आयोगमा नयाँ पार्टी दर्ता
काठमाडौं । निर्वाचन आयोगमा नयाँ पार्टी दर्ता भएको छ । आयोगमा ‘सामाजिक एकता पार्टी’ नामक दल दर्ता भएको हो । सिबी गहतराजको अध्यक्षतामा गठन गरिएको सो पार्टीलाई आयोगले बिहिबार दल दर्ताको प्रमाणपत्र औपचारिक रुपमा दिएको हो । यही फागुन ३ गते बसेको निर्वाचन आयोगको बैठकले सो दल दर्ताको प्रमाणपत्र...
कांग्रेस मकवानपुरको अधिवेशन फागुन १५ गते हुने
मकवानपुर । नेपाली कांग्रेस मकवानपुरको जिल्ला अधिवेशन फागुन १५ गते हुने भएको छ । कांग्रेसको केन्द्रीय निर्वाचन समितिले यसअघि फागुन १३ गते निर्धारण गरेको मकवानपुरसहित १३ जिल्लाको अधिवेशन दुई दिनपछि सारेको केन्द्रीय निर्वाचन समितिले जनाएको छ । कांग्रेसको सप्तरी, सिरहा, धनुषा, महोत्तरी, सर्लाही, रौतहट, बारा, पर्सा, सिन्धुली, सिन्धुपाल्चोक, चितवन,...
केपी ओलीमाथि कारवाहीको माग गर्दै अख्तियारमा उजुरी
काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीमाथि कारवाहीको माग गर्दै नेकपा एकीकृत समाजवादी पार्टीको भागृ संगठन अनेरास्ववियुले अख्तियार दुरुपयोग अनुसन्धान आयोगको कार्यालयमा उजुरी दिएको छ । विहिबार आयोगको केन्द्रीय कार्यालय टंगाल पुगेर अनेरास्ववियुले सरकारमा रहँदा केपी शर्मा ओलीसहित तत्कालीन मन्त्रीहरु भ्रष्टाचारमा संलग्न रहेको दावी गर्दै निष्पक्ष छानविनको माग...









