सभामुख सापकोटाले बोलाए कार्यव्यवस्था परामर्श समितिको बैठक

तु खबर संवाददाता
२०७८ फाल्गुन ११, बुधबार १७:१७
file-photo

काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले बिहिबारका लागि कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका छन् । प्रतिनिधिसभाको बैठक बिहीबार दिउँसो १ बजेका लागि बोलाइएको छ । सभामुख सापकोटाले त्यसअघि कार्यव्यवस्था परामर्श समितिको बैठक बोलाएका हुन् ।

बिहीबारको बैठकमा सरकारले आइतबार टेबुल गरेको एमसीसी सम्झौता संसद्‌मा छलफलका लागि पेस गर्ने कार्यसूची छ । एमसीसी संसद्बाट अनुमोदन गर्ने विषयमा अवरोध हुँदै आएको छ ।