राजनीति/ समाज

मकवानपुरगढीमा गठबन्धनका उम्मेदवार सक्रिय, घरदैलो अभियानसँगै मतदाता शिक्षा कार्यक्रम जारी

मकवानपुर । स्थानीय तह निर्वाचनको मिति नजिकिँदै गर्दा सत्तारुढ पाँच दलीय गठबन्धनबाट मकवानपुरगढी गाउँपालिकाका उम्मेदवारहरुले घरदैलो अभियान र मतदाता शिक्षा कार्यक्रमलाई तीव्र पारेका छन् । शुक्रबार १ नम्वर वडाको विभिन्न स्थानमा घरदैलो कार्यक्रम तथा मतदाता शिक्षा कार्यक्रमलाई प्रभावकारी रुपमा संचालन गरिएको हो । मतदातालाई निर्वाचन प्रक्रियामा सहजता होस् भन्ने...

हेटौंडा-११ का १६ जना नेकपा एकीकृत समाजवादीमा प्रवेश

मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर ११ मा नेकपा एमाले परित्याग गरी १६ जना नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । शुक्रबार ११ नम्वर वडामा भएको पाँच दलीय गठबन्धनको घरदैलो कार्यक्रममा नेकपा एमाले परित्याग गरी १६ जना एकीकृत समाजवादीमा प्रवेश गरेका हुन् । पार्टी प्रवेश गर्नेहरुमा क्रमशः वडा...

स्थानीय निर्वाचनका सन्दर्भमा सत्तारुढ गठबन्धनको चार निर्णय

काठमाडौं । सत्ता गठबन्धनले स्थानीय तह निर्वाचनका सन्दर्भमा चार वटा निर्णय गरेको छ । नेपाली कांग्रेसको पार्टी कार्यालय सानेपामा शुक्रबार बसेको गठबन्धनको बैठकले निर्वाचन भयरहित वातावरणमा सम्पन्न गराउन आपसी समन्वय र समझदारीका आधारमा अगाडि बढ्ने प्रतिवद्ध रहने निर्णय गरेको हो । गठबन्धनका साझा उम्मेदवारविरुद्ध गठबन्धनभित्रकै दलबाट दिएका उम्मेदवारी निष्क्रिय...

मकवानपुरका मधु अधिकारीले त्यागे राप्रपा

मकवानपुर । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) मकवानपुरका पूराना नेता मधु अधिकारीले पार्टी परित्याग गरेका छन् । आज शुक्रबार एक विज्ञप्ती जारी गर्दै पार्टी स्थापना कालदेखि ३२ वर्ष राप्रपामा लागिपरेका नेता अधिकारीले पार्टीमा अपमानित,अपहेलित भएर बस्न नसकिने भन्दै पार्टी छाडेका हुन् । राप्रपाको केन्द्रीय सदस्य, केन्द्रीय कार्य सम्पादन समिती सदस्य,...

मकवानपुरगढी: रातारात एमाले उम्मेदवारले बाँड्न लागेको टनेलको प्लास्टिक बरामद, बिथोलियो भतेर

मकवानपुर । स्थानीय तहको निर्वाचन नजिकिँदै गर्दा उम्मेदवारहरुबाटै आचारसंहिता उल्लंघनका घटना दिनप्रदिन बढिरहेको छ । विभिन्न पदका उम्मेदवारदेखि कर्मचारी, शिक्षक, सांसद् र बहालवाला मन्त्रीसम्म निर्वाचन आचारसंहिता उल्लंघनको घटनामा संलग्न रहेको पाइएको छ । कर्मचारी र शिक्षकहरु दलको झण्डा बोकेर चुनावी प्रचारमा हिड्ने, सांसद् र बहालवाला मन्त्रीहरु चुनावी सभालाई सम्बोधन...

सार्वजनिक स्थानमा राखिएको दलको झण्डा र चुनाव चिन्ह हटाउन निर्देशन

मकवानपुर । मुख्य निर्वाचन अधिकृतको कार्यालय हेटौंडाले निर्वाचन आचारसंहिता उल्लङ्घन गर्ने राजनीतिक दल, सरकारी कर्मचारी र पदाधिकारीहरुविरुद्ध परेको सूचना दर्ता बारेमा विभिन्न निर्णय गरेको छ । कार्यालयको नेतृत्वमा निर्वाचन आचारसंहिता अनुगमन समितिको बैठकले चुनाव प्रचारप्रसारमा संलग्न रहेको भनी उजुरी सूचना रहका ११ जना कर्मचारीहरुले स्पष्टीकरण पेश गर्न भई जानीनजानी...

हेटौंडा–८ मा राम थापालाई अर्का स्वतन्त्र उम्मेदवार रोमबहादुरको समर्थन

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर ८ को वडाध्यक्ष पदमा गठबन्धनको तर्फबाट नेपाली कांग्रेसका उम्मेदवारलाई अर्का वडाध्यक्षका स्वतन्त्र उम्मेदवारले पनि समर्थन गरेका छन् । हेटौंडा–८ का स्वतन्त्र उम्मेदवार रोमबहादुर घतानी (सागर) ले कांग्रेसका उम्मेदवार राम थापालाई समर्थन गर्दै मत मागिरहेका हुन् । स्वतन्त्र रूपमा वडा अध्यक्षका उम्मेदवार बनेका सागरले...

कांग्रेसद्वारा बागी उम्मेदवारका प्रस्तावक र समर्थकलाई कारबाही

काठमाडौं । नेपाली कांग्रेसले पार्टीका तर्फबाट बागी उम्मेदवार दर्ता गराएका र त्यस्ता उम्मेदवारको प्रस्तावक र समर्थक बनेकालाई समेत कारबाही गरेको छ । कांग्रेसले बिहीबार एक विज्ञप्ति जारी गर्दै पार्टीका आधिकारिक उम्मेदवार र पार्टीले समर्थन गरेका उम्मेदवारकाविरुद्धमा विद्रोही उम्मेदवारी दर्ता गराएका र त्यस्ता उम्मेदवारको प्रस्तावक र समर्थकलाई पनि पार्टीबाट निस्काशन...

स्थानीय चुनावका लागि मतपत्र छाप्ने काम सकियो

काठमाडौं । यही बैशाख ३० गते हुने स्थानीय तह चुनावका लागि आवश्यक पर्ने मतपत्र छाप्ने काम सकिएको छ । बिहीबार निर्वाचन आयोगले नियमित पत्रकार सम्मेलन गरी मतपत्र छाप्ने काम सकिएको जानकारी गराएको हो । पत्रकार सम्मेलनमा आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले आयोगले भोलि बैशाख २३ गतेसम्म सबै जिल्लामा मतपत्र...

थाहा नगरका मेयरले दिए पदबाट राजीनामा

मकवानपुर । मकवानपुरको थाहा नगरपालिकाका मेयर लवशेर विष्टले पदबाट राजीनामा दिएका छन् । नेकपा माओवादी केन्द्रबाट मेयर पदमा निर्वाचित भएको विष्टले बिहीबार दिउँसो उपमेयर खड्ग गोपालीसमक्ष राजीनामा बुझाएका हुन् । आसन्न निर्वाचनका लागि पार्टीको चुनाव प्रचारप्रसारमा लाग्न आचारसंहिता बाधक भएको भन्दै पदबाट राजीनामा दिएको नगर प्रमुख बिष्टले बताएका छन्...