राजनीति/ समाज

भ्रातृ संस्थाहरुको पूर्वनिर्धारित अधिवेशन स्थगित गर्न कांग्रेसको निर्देशन

काठमाडौं । नेपाली कांग्रेसले भ्रातृसंघ र शुभेच्छुक संस्थाहरुको पूर्वनिर्धारित अधिवेशन र महाधिवेशन स्थगित गर्न निर्देशन दिएको छ । कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले बुधबार एक विज्ञप्ति जारी गर्दै सो कुराको निर्देशन दिएका हुन् । उनले यही बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा पार्टीका उम्मेदवार तथा गठबन्धनमा रहेका...

हेटौंडा–१९ को विकासका लागि विशेष प्याकेज ल्याउने गठबन्धनको घोषणा

मकवानपुर । सत्तारुढ गठबन्धनले हेटौंडा उपमहानगरपालिका वडा नम्वर १९ को कुवापानी र ज्यामिरे क्षेत्रको विकासका लागि विशेष प्याकेजको घोषणा गरेको छ । गठबन्धनको तर्फबाट मेयर पदकी उम्मेदवार मीना लामा र उपमेयर पदका उम्मेदवार राजेश बानियाँले चुनावी अभियान अन्तर्गत घरदैलोका क्रममा सो क्षेत्रको विकासको लागि विशेष प्यकेजको व्यवस्था गर्ने प्रतिवद्धता...

गठबन्धनले जिते जेष्ठ नागरिक पोषण कार्यक्रम सञ्चालन गर्छौँ, वडाबाटै भत्ता वितरण गर्छौँः लामा

मकवानपुर । सत्तारुढ गठबन्धनबाट मकवानपुरगढी गाउँपालिकाको अध्यक्ष पदका उम्मेदवार दोर्जे लामा स्याङ्तानले आफुहरुले पालिकाको नेतृत्व लिएपछि जेष्ठ नागरिक पोषण कार्यक्रम ल्याउने र प्रभावकारी रुपमा कार्यान्वयन गरिने बताएका छन् । बुधबार ४ नम्वर वडामा गठबन्धनले आयोजना गरेको संयुक्त भेलालाई सम्बोधन गर्दै उनले पोषण कार्यक्रम लागु गर्नुको साथै जेष्ठ नागरिकलाई वडाबाटै...

हेटौंडा १८ मा एमालेका उम्मेदवार बानियाँले बाँड्न लागेको जस्तापाता नियन्त्रणमा

मकवानपुर । हेटौंडा उपमहानगरपालिका वडा नम्वर १८ मा नेकपा एमालेबाट उम्मेदवार बनेका वडाअध्यक्षले निर्वाचन आचारसंहिता विपरितको गतिविधि गरेको पाइएको छ । उम्मेदवार अनिल बानियाँले निर्वाचनको आचारसंहिता उल्लङ्घन गर्दै वडाको लालभित्ते भन्ने स्थानमा करिब १५ घरधुरीलाई बाड्न लैजाँदै गरेको करिब २०० थान जस्तापाता प्रहरीले नियन्त्रणमा लिएको छ । वडाध्यक्षका उम्मेदवार...

फुटबलको क्षेत्रमा वार्षिक एक करोड विनियोज गर्ने गठबन्धनको घोषणा

मकवानपुर । सत्तारुढ गठबन्धनले हेटौंडा उपमहानगरपालिकाभित्र फुटबलको विकास गर्न वार्षिक एक करोड रुपैयाँ विनियोजन गर्ने घोषणा गरेको छ । सत्तारुढ गठबन्धनको तर्फबाट हेटौंडाको मेयरका उम्मेदवार मीना लामा र उपमेयरका उम्मेदवार राजेश बानियाँले फुटबल खेलाडीलाई हेटौंडा–१० स्थित वनविज्ञान खेल मैदानमै पुगेर भेटघाट गरेका थिए । उनीहरुले खेलाडीको माग अनुसारको बजेट...

कैलाशमा मतदाता शिक्षासँगै आफ्ना योजना सुनाउँदै गठबन्धनका साझा उम्मेदवार

मकवानपुर । मकवानपुरको कैलाश गाउँपालिकामा गठबन्धनका तर्फबाट नेपाली कांग्रेसका अध्यक्ष पदका उम्मेदवार लोकबहादुर मुक्तान र उपाध्यक्ष पदका उम्मेद्वार बाल कुमार मल्ल ठकुरी आफ्ना योजनाहरु सहित स्थानीयको घर–घरमा पुगेका छन् । उनीहरुले त्यहाँका जनतालाई आफ्नो टिम निर्वाचित भएपछि गाउँपालिकामा गर्ने विकास सम्बन्धि योजनाहरुको बारेमा जानकारी गराएका छन् । व्यावसायिक कृषि,...

मतपत्र ढुवानीको काम शुक्रबारसम्म सकिने

काठमाडौं । निर्वाचन आयोगले शुक्रबारसम्ममा मतपत्र ढुवानीको काम सकिने जनाएको छ । आयोगको निर्वाचन सञ्चालन तथा व्यवस्थापन शाखाका उपसचिव ऋषिराम भुसालले आगामी शुक्रबारम्ममा देशभरका ७७ वटै जिल्लामा मतपत्र ढुवानीको काम सकिने जानकारी दिए । उनका अनुसार, हालसम्म आयोगले ६५ जिल्लामा मतपत्र ढुवानीसमेत गरिसकेको छ । प्रदेशको १ को मोरङ,...

स्थानीय निर्वाचन : उम्मेदवारको कारोबार बैंक खाताबाट गर्न निर्देशन

काठमाडौं । निर्वाचन आयोगले आसन्न स्थानीय तह निर्वाचनका उम्मेदवारको खर्च बैंक खातामार्फत सञ्चालन गर्न निर्देशन दिएको छ । आयोगले उम्मेदवारले निर्वाचन सम्बन्धी खर्च गर्दा बैंक वा वित्तीय संस्थामा खाता खोली गर्नुपर्ने व्यवस्था रहेको स्मरण गराएको छ । आयोगका प्रवक्ता शालिग्राम शर्मा पौडेलले विज्ञप्ति जारी गर्दै उम्मेदवारले निर्वाचनसम्बन्धी खर्च गर्दा...

कांग्रेसका बागीलाई उम्मेदवारी निस्क्रिय गर्ने म्याद आजसम्म

काठमाडौं । नेपाली कांग्रेसले आफ्ना आधिकारीक उम्मेदवारविरुद्ध स्वतन्त्र (बागी) उम्मेदवारी दिने आफ्ना नेता तथा कार्यकर्तालाई उम्मेदवारी निस्क्रिय गर्न निर्देशन दिएको छ । पार्टीका आधिकारिक र गठबन्धनका उम्मेदवारविरुद्ध बागी दिएकाहरुलाई यसअघि नै उम्मेदवारी फिर्ता लिन भनिए पनि कतिपय क्षेत्रमा उम्मेदवारी कायमै रहेका बेला कांग्रेसले आजभित्र आफ्नो उम्मेदवारी निस्क्रिय गर्न भनेको...

निर्वाचन आयोगद्वारा उम्मेदवारहरूको सूची सार्वजनिक (नामावलीसहित)

काठमाडौं । निर्वाचन आयोगले स्थानीय तह निर्वाचनमा विभिन्न पदका उम्मेदवारहरूको सूची सार्वजनिक गरेको छ । आयोगले १ लाख ४५ हजार ९२ जना उम्मेदवारहरूको सूची सार्वजनिक गरेको हो । यसअघि विभिन्न प्राविधिक कारणले उम्मेदवारहरूको सूची प्रकाशनमा ढिलाइ भएको आयोगले जनाएको थियो । यो सूचीमा पनि केही थपघट हुन सक्ने आयोगको...