मकवानपुरमा ६ जना वडा सदस्य निर्विरोध

तु खबर संवाददाता
२०७९ बैशाख २५, आईतवार १०:०६
file-photo

मकवानपुर । बैशाख ३० गते हुने स्थानीय तह निर्वाचन अन्तर्गत मकवानपुरमा ६ जना वडा सदस्य निर्विरोध भएका छन् । निर्विरोध निर्वाचित हुने ६ जना दलित महिला सदस्य रहेका छन् । नेकपा एमालेबाट चार, नेपाली कांग्रेस र नेकपा माओवादी केन्द्रबाट एक/एक जना निर्विरोध भएको निर्वाचन आयोगले जनाएको छ ।

जसमा एमालेबाट इन्द्र सरोबर गाउँपालिका वडा नम्वर १ की लक्ष्मी दमाई, सोही गाउँपालिका वडा नम्वर ४ की सावित्रा सुनार, थाहा नगरपालिका वडा नम्वर ५ की उर्मिला कामी, मकवानपुरगढी गाउँपालिका वडा नम्वर ७ की तिर्थ कुमारी ल्वागुन, नेपाली कांग्रेसबाट राक्सिराङ गाउँपालिका वडा नम्वर ४ की सजिना मुक्तान नेपाली र माओवादी केन्द्रबाट बागमती गाउँपालिका वडा नम्वर ३ की विष्णुमाया विश्वकर्मा रहेका छन् ।