हेटौंडा-११ का १६ जना नेकपा एकीकृत समाजवादीमा प्रवेश
मकवानपुर । मकवानपुरको हेटौंडा उपमहानगरपालिका वडा नम्वर ११ मा नेकपा एमाले परित्याग गरी १६ जना नेकपा एकीकृत समाजवादीमा प्रवेश गरेका छन् । शुक्रबार ११ नम्वर वडामा भएको पाँच दलीय गठबन्धनको घरदैलो कार्यक्रममा नेकपा एमाले परित्याग गरी १६ जना एकीकृत समाजवादीमा प्रवेश गरेका हुन् ।
पार्टी प्रवेश गर्नेहरुमा क्रमशः वडा नम्वर ११ का सोमबहादुर थोकर, हस्तबहादुर घलान, मोहनलाल तामाङ, साजन लामा, अर्जुन लामा, मानबहादुर लामा, बिरेन्द्र मगर, विशाल रुम्बा, सन्जिब थोकर, प्रेम राई, मनोज घलान, सुजित मगर, समिर क्षेत्री, सुबास थिङ, सागर परियार र सिमोन गौत्तम रहेका छन् । नवप्रदेशीलाई नेकपा एकिकृत समाजवादीका केन्द्रिय सदस्य विरोध खतिवडाले एकिृत समाजवादीमा स्वागत गरेका थिए ।
