राजनीति/ समाज
हेटौंडा–११ मा सत्ता गठवन्धनको घरदैलो
मकवानपुर । स्थानीय निर्वाचनमा राजनीतिक दलहरु घरदैलो चुनावी अभियानमा छन् । हेटौंडा उपमहानगरपालिका वडा नम्वर ११ मा पनि सत्ता गठवन्धनले घरदैलो अभियान गरिरहेको छ । दलहरुले आ–आफ्नो पार्टीको नेतृत्वमा आएपछि गर्ने कामहरुको प्रतिवद्धतापत्र बोकेर घरदैलो अभियानमा छन् । हेटौंडा–११ मा गठबन्धनबाट नेकपा माओवादीका मधुकुमार थापा मगर (विशेष) को वडाध्यक्ष...
गठबन्धन विपरित मतदान गरे देश दुर्घटनामा जान्छ : प्रचण्ड
चितवन । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड) ले यही बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा सत्तारुढ गठबन्धन विपरित मतदान गरे देश ठूलो दुर्घटनामा जाने बताएका छन् । अध्यक्ष प्रचण्डले बिहीबार चितवनको भरतपुरमा भएको पाँच दलीय गठबन्धनको संयुक्त आमसभालाई सम्बोधन गर्दै अहिलेको गठबन्धन राष्ट्रिय आवश्यकताले बनेको बताउँदै...
हेटौंडा–७ को सार्वजनिक स्थलमा एमालेको झण्डैझण्डा
मकवानपुर । नेकपा एमालेले हेटौंडा उपमहानगरपालिका वडा नम्वर ७ मा निर्वाचन आचारसंहिता विपरित सार्वजनिक स्थलमै झण्डा राखेको पाइएको छ । एमाले ७ नम्बरले आचारसंहित उल्लङ्घन गर्दै विद्युत प्राधिकरणको पोल र वडा कार्यालय र शहरी स्वास्थ्य केन्द्र नागस्वतीको पर्खालै सुर्य अङ्कित झण्डा राखेको पाइएको हो । यसअघि एमालेले हेटौंडा–५ नम्बर...
थाहामा गठबन्धन थप कसिलो बनाउन पाँच बुँदे सहमति
मकवानपुर । मकवानपुरको उत्तरी क्षेत्र थाहा नगरपालिकामा सत्तारुढ गठबन्धन थप कसिलो बनाउन पाँच बुँदे सहमति गरिएको छ । गठबन्धनका दलहरु नेपाली कांग्रेस, नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी र जनता समाजवादी पार्टीबीच गठबन्धनका उम्मेदवारलाई जिताउँन र चुनावी अभियानलाई थप प्रभावकारी बनाउन बुधबार बसेको संयुक्त बैठकले पाँच बुँदे सहमति गरेको...
सरकारी कर्मचारी चुनावी प्रचारप्रसारमा
मकवानपुर । आसन्न स्थानीय तह निर्वाचनमा कर्मचारीहरुनै चुनाव प्रचारप्रसारमा लागेको पाइएको छ । सरकारी सेवा सुविधा लिने कर्मचारी आचारसंहिता विपरित चुनाव प्रचारप्रसारमा लागेका हुन् । मकवानपुरगढीका स्वास्थ्य शाखाका कर्मचारी रमिला घलानले एमाले उम्मेदवारलाई मतदान गर्न भनी चुनावी अभियानमा लागेकी छन् । उनी गाउँपालिका अध्यक्ष विदुर हुमागाईको चुनावी प्रचारमा व्यस्त...
इन्द्र बानियाँको आरोप : एमालेले हावा र उडन्ते कुरा गर्न थाल्यो
मकवानपुर । नेपाली कांग्रेस बागमती प्रदेश सभापति इन्द्रबहादुर बानियाँले हावा र उडन्ते कुरा गर्ने पार्टीका नेताले जितेर मुलुकको विकास नहुने बताएका छन् । बुधबार मनहरी गाउँपालिका ५ मा भएको चुनावी सभालाई सम्बोधन गर्दै उनले एमालेप्रती लक्षित गर्दै भने, समय अनुसार बोली फेर्ने । सधैं उडन्ते कुरा गर्ने पार्टीका नेतालाई...
सत्तारुढ गठबन्धनसँग हाम्रो प्रतिस्प्रर्धा हुँदैन : अन्नत पौडेल
मकवानपुर । नेकपा एमालेको तर्फबाट हेटौंडा उपमहानगरपालिका मेयरका उम्मेदवार अनन्त पौडेलले सत्ता गठबन्धनसँग नेकपा एमालेको प्रतिस्प्रर्धा नहुने बताएका छन् । बुधबार एमाले हेटौंडा उपमहानगरपालिका वडा नम्वर १४ को आयोजनामा भएको घरदैलो तथा कोणसभालाई सम्बोधन गर्दै पौडेलले सो कुरा बताएका हुन् । उनले हेटौंडाका वडाहरुमा देखिएको एमालेको लहर हेर्दा गठबन्धन...
नेपाल विवेकशील पार्टीको हेटौंडा १७ नम्वर वडा समिति गठन
मकवानपुर । नेपाल विवेकशील पार्टीको हेटौंडा उपमहानगरपालिका वडा नं १७ मा वडा समिति गठन भएको छ । सुरज थोकरको अध्यक्षतामा गठित १३ सदस्यीय समितिमा उपाध्यक्ष कमला विश्वकर्मा, सचिव रविन संजेल र कोषाध्यक्षमा सविना बर्तौला पुजारी चयन भएका छन् । त्यस्तै सदस्यहरूमा रन्जित थोकर, दिपेश बजू, रामप्रसाद गजुरेल, भावना लोप्चन,...
माओवादी केन्द्र थाहा नगरको प्रतिबद्धता पत्र सार्वजनिक
मकवानपुर । नेकपा माओवादी केन्द्र थाहा नगर कमिटीले स्थानीय तहको निर्वाचन नजिकिंदै गर्दा नगरको विकासका लागि गर्ने कार्यसहितको प्रतिवद्धता पत्र सार्वजनिक गरेको छ । ‘शिक्षा, कृषि, पर्यटन र रोजगार: समृद्ध थाहा नगरको आधार’ भन्ने नारालाई सार्थक गर्न गरिने विविध कार्यक्रमहरु प्रतिवद्धता पत्रमा समावेश छ । माओवादी केन्द्रले सार्वजनिक गरेको...
गठबन्धनको जितले शैक्षिक क्षेत्र सवलीकरण बन्नेछ : लामा
मकवानपुर । सत्तारुढ गठबन्धनको तर्फबाट हेटौंडा उपमहानगरपालिका मेयरको उम्मेदवार मीना लामाले गठबन्धनको जितले उपमहानगरको शैक्षिक क्षेत्र सवलीकरणतर्फ अघि बढ्ने दावी गरेकी छन् । बुधबार नेपाल शिक्षक संघ, नेपाल एकीकृत शिक्षक संघ र प्रगतिशील नेपाल राष्ट्रिय शिक्षक संघद्वारा संयुक्त आयोजित विद्यालय शिक्षाको विकास र सुदृढिकरणमा स्थानीय सरकारको भूमिका विषयक अन्तरक्रिया...










