राजनीति/ समाज
हाम्रो माहौलबाट विपक्षी डराइसके : बानियाँ
मकवानपुर । हेटौंडा उपमहानगरपालिकाका उपमेयर पदका उम्मेदवार राजेशकुमार बानियाँले सत्तागठबन्धनको पक्षमा देखिएको माहौलबाट विपक्षी दल आत्तिएको टिप्पणी गरेका छन् । हेटौंडा–८ मा भएको चुनावी सभालाई सम्बोधन गर्दै बानियाँले गठबन्धनको पक्षमा उपमहानगरभर जनमत देखिएको बताए । ‘अब लालकिल्ला तोडिन्छ । सहि जनप्रतिनिधि हेटौंडाले पाउने छ । अहिलेसम्म गलत जनप्रतिनिध छनौट...
इन्द्रसरोवर गाउँपालिकामा ८ जनाले लिए उम्मेदवारी फिर्ता (नामावलीसहित)
मकवानपुर । मकवानपुरको इन्द्रसरोवर गाउँपालिकामा विभिन्न पदमा उम्मेदवारी दर्ता गराएका ८ जना ब्याक भएका छन् । आज निर्वाचन अधिकृतको कार्यालयमा आएर ८ जनाले उम्मेदवारी फिर्ता लिएको निर्वाचन अधिकृत मुरारी वस्तीले तु खबरलाई जानकारी दिए । उनका अनुसार अध्यक्ष पदमा स्वतन्त्र उम्मेदवार कुन्साङ लामा र दिपक कुमार ठकुरीले उम्मेदवारी फिर्ता...
हेटौंडा उपमहानगरपालिकाः ३ मेयर र २ उपमेयरसहित ४९ जनाले उम्मेदवारी फिर्ता लिए
मकवानपुर । हेटौंडा उपमहानगरपालिकाको मेयर पदमा उम्मेदवारी दर्ता गराएका ३ जनाले फिर्ता लिएका छन् । हेटौंडाको मेयर पदका लागि उम्मेदवारी दर्ता गरेका दुई दलका उम्मेदवार र एक जना स्वतन्त्र उम्मेदवारले मनोनयन फिर्ता गरेका हुन् । दलबाट मनोनयन फिर्ता गर्नेमा गठबन्धनमा नै आवद्ध दल जनता समाजवादी पार्टीकी दिपा लामा, नेपालको...
मनहरीमा शंकर न्यौपानेद्वारा उम्मेदवारी फिर्ता
मकवानपुर । नेपाली कांग्रेस (वीपी) पार्टीबाट मनहरी गाउँपालिकाको अध्यक्ष पदको उम्मेदवार बनेका शंकर न्यौपानेले आज उम्मेदवारी फिर्ता लिएका छन् । नेपाली कांग्रेसले टिकट वितरणमा विभेद गरेको भन्दै उनले अध्यक्ष पदमा उम्मेदवारी दिएका थिए । कांग्रेस जिल्ला अध्यक्ष बुद्ध लामा र प्रवक्ता अर्जुन चौलागाईंले मनहरी नै पुगेर उनको उम्मेदवारी फिर्ताका...
मकवानपुरमा गठबन्धनलाई जसपाको साथः ब्याक भए मेयर र उपमेयरका उम्मेदवार
मकवानपुर । जनता समाजवादी पार्टीले मकवानपुरमा गठबन्धनलाई सघाउने भएको छ । जसपाबाट हेटौंडा उपमहानगरपालिको मेयर र उपमेयर पदमा उम्मेदवारी दिएका दिपा लामा र हरिहर खतिवडाले उम्मेदवारी फिर्ता लिँदै आफुहरुको समर्थन गठबन्धनको आधिकारिक उम्मेदवारलाई भएको प्रतिक्रिया दिए । मनोनयन दर्ताको दोस्रो दिनसम्म पनि गठबन्धनमा सहमति जुट्न नसकेपछि जसपाले हेटौंडाको मेयर...
रविन्द्र घिमिरेद्वारा उम्मेदवारी फिर्ता, जिल्ला सदस्य मनोनित
मकवानपुर । नेपाली कांग्रेसका युवा नेता रविन्द्र घिमिरेले आफ्नो उम्मेदवारी फिर्ता लिएका छन् । पार्टीले हेटौंडा–२ को टिकट दिएपनि उम्मेदवार बन्न नपाएका घिमिरेले स्वतन्त्रमा वडा अध्यक्षमा उम्मेदवारी दिएका थिए । कांग्रेसले हेटौंडा–२ को वडाअध्यक्ष विष्णुगोपाल महर्जनलाई आधिकारिक मानेपछि घिमिरे व्याक भएका हुन् । पार्टीले उनलाई जिल्ला सदस्य समेत मनोनित...
बकैया गाउँपालिकाः माओवादी केन्द्रकी कृपाले लिइन् उम्मेदवारी फिर्ता
मकवानपुर । आसन्न स्थानीय तह निर्वाचनमा मकवानपुरको बकैया गाउँपालिकाको अध्यक्ष पदमा मनोनयन दर्ता गराएकी लक्ष्मीमाया माझी (कृपा) ले उम्मेदवारी फिर्ता गरेकी छन् । नेकपा माओवादी केन्द्रबाट पालिका अध्यक्षमा मनोनयन दर्ता गराएकी उनले शुक्रबार उम्मेदवारी फिर्ता गरेकी हुन् । उनले आगामी बैशाख ३० गते हुने स्थानीय तहको निर्वाचनमा गठबन्धनका आधिकारीक...
‘भ्रष्टाचार गरेर खानु आमाको रगत खानु सरह हो’
काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) हेटौंडा उपमहागरपालिकाका उम्मेदवारले मन्दिरमा गएर सपथ लिएका छन् । हेटौंडाको मेयर पदका उम्मेदवार दिपकबहादुर सिंह र उपमेयर उम्मेदवार इन्दिरा न्यौपानेसहित १९ वटै वडाका उम्मेदवारहरुले हेटौंडा–४ स्थित भुवनेश्वर मन्दिरमा सामूहिक रुपमा सपथ लिएका हुन् । शुक्रबार उम्मेदवारहरुले भ्रष्टाचार गरेर खानु आमाको रगत खानु सरह...
सबै स्थानीय तहका मतगणनास्थलमा सीसी क्यामरा राख्न आयोगको निर्देशन
काठमाडौं । निर्वाचन आयोगले आसन्न स्थानीय तह निर्वाचनको लागि सबै स्थानीय तहका मतगणनास्थलमा अनिवार्य रुपमा सिसी क्यामरा राख्न निर्देशन दिएको छ । आयोगले मतगणना कार्यलाई पारदर्शी र सुरक्षित राखी कुनै विवाद उत्पन्न भएको पाइएमा विद्युतीय अभिलेखीकरणका लागिसमेत उपयोगी हुने भएकाले देशभरका ७५३ वटै स्थानीय तहमा सीसी क्यामरा राख्न निर्देशन...
लोसपाको घोषणापत्र सार्वजनिक
काठमाडौं । महन्थ ठाकुर नेतृत्वको लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालले आसन्न स्थानीय तह निर्वाचनको घोषणा पत्र सार्वजनिक गरेको छ । शुक्रबार काठमाडौंको बबरमहलस्थित पार्टी केन्द्रिय कार्यालयमा सो घोषणा पत्र सार्वजनिक गरिएको हो । घोषणा पत्रमा सबै महिलाहरुलाई निःशुल्क शिक्षा हासिल गर्नुपर्ने व्यवस्था गर्ने, सार्वजनिक सवारी साधन निःशुल्क गर्ने, गरिबका...










