देशभर ३५३ जना उम्मेदवार निर्विरोध

तु खबर संवाददाता
२०७९ बैशाख १९, सोमबार १६:४९

काठमाडौं । निर्वाचन आयोगले देशभर विभिन्न पदमा ३५३ जना उम्मेदवार निर्विरोध निर्वाचित भएको जनाएको छ । आयोगले सोमबारको पत्रकार सम्मेलनमा सो कुराको जानकारी गराएको हो ।

निर्विरोध हुनेमा वडाध्यक्षसहित सदस्य पदहरु रहेको आयोगका सहायक प्रवक्ता सूर्यप्रसाद अर्यालले जानकारी दिए । उनका अनुसार, देशभरका ७५३ स्थानीयतहमध्ये ६ हजार ७४३ दलित महिला सदस्यको उम्मेदवारी परेको छैन ।

यस्तै, विभिन्न स्थानीय तहमा १७० वटा महिला सदस्य पदमा मनोनयन दर्ता नभएको उनले बताए । यही बैशाख ३० गते देशभर स्थानीय तह निर्वाचन हुँदैछ । त्यसको लागि निर्वाचन आयोगले बैशाख १७ गते नै चुनाव चिन्ह्र प्रदान गरिसकेको छ ।