नेपाल विवेकशील पार्टीको हेटौंडा १७ नम्वर वडा समिति गठन
मकवानपुर । नेपाल विवेकशील पार्टीको हेटौंडा उपमहानगरपालिका वडा नं १७ मा वडा समिति गठन भएको छ । सुरज थोकरको अध्यक्षतामा गठित १३ सदस्यीय समितिमा उपाध्यक्ष कमला विश्वकर्मा, सचिव रविन संजेल र कोषाध्यक्षमा सविना बर्तौला पुजारी चयन भएका छन् ।
त्यस्तै सदस्यहरूमा रन्जित थोकर, दिपेश बजू, रामप्रसाद गजुरेल, भावना लोप्चन, आयुशा भण्डारी, सुदिप तामाङ, मनिता राई, अपेक्षा राई, र संजिता थोकर चयन भएका छन् ।
हेटौंडा नगर समितिको अध्यक्ष रविभक्त दाहालको अध्यक्षतामा भएको भेलामा नेपाल विवेकशील पार्टीका बागमती प्रदेश अध्यक्ष सिंह बहादुर मोक्तान, संघीय समिति सदस्य कृष्णदेव भण्डारी र मकवानपुर जिल्ला अध्यक्ष नविन विष्टको आतिथ्यता रहेको थियो ।
प्रदेश अध्यक्ष मोक्तानले हेटौंडा १७ का वडाध्यक्षको उम्मेदवार कृष्णदेव भण्डारीलगायत उम्मेदवार टिमलाई विजयको लागि शुभकामना दिंदै नवगठित वडा समितिलाई युद्धस्तरमा संगठन विस्तारमा लागि पर्न सुझाव दिइन् । जिल्ला अध्यक्ष विष्टले पनि शुभकामना मन्तव्य राखेका थिए ।


