नेपाल विवेकशील पार्टीद्वारा लक्ष्मी मतदान केन्द्र सरसफाइ

तु खबर संवाददाता
२०७९ जेष्ठ १, आईतवार २१:१५

मकवानपुर । नेपाल विवेकशील पार्टीले लक्ष्मी मतदान केन्द्रको सरसफाइ गरेको छ । पार्टीका जिल्ला अध्यक्ष नविन विष्टको नेतृत्वमा नेपाल विवेकशील पार्टीका हेटौंडा उपमहानगरपालिका वडा नं १७ का उम्मेदवारहरू र सदस्यहरूको सहभागितामा सोही वडामा रहेको लक्ष्मी आधारभूत विद्यालयस्थित मतदान केन्द्रमा सरसफाइ गरिएको हो ।

मतदानको दिन प्रयोग भइ फालिएको पानीको बोतल र प्लास्टिकजन्य पदार्थ ८ बोरा संकलन गरी त्यसलाई व्यवस्थित गरिएको जनाइएको छ । उक्त सफाइ कार्यमा विद्यालयका सहयोगी अर्जुन चापागाईंको पनि सहभागिता रहेको थियो ।

‘सानो काम, ठूलो परिमाण’ भन्ने नाराका साथ नेपाल विवेकशील पार्टीले सफाइ कार्य गरेको हो । आज लक्ष्मी आधारभूत विद्यालयमा गरेको कामको निरन्तरता दिनेछौं । यस कार्यबाट प्रेरित भएर देशैभरका सबै टोलका युवाहरू सरसफाइ लगायतका अन्य सामाजिक काममा लाग्न आग्रह गर्दछु ।’ अध्यक्ष विष्टले बताए ।