राजनीति/ समाज
निर्वाचन आयोगः मतदाता नामावली दर्ता स्थगित
काठमाडौं । निर्वाचन आयोगले उपनिर्वचनका लागि मिति तोकेसँगै मतदाता नामावली दर्ताको काम स्थगित भएको छ । मतदाता नामावली ऐन, २०७३ को दफा ४ को उपदफा (२) (२) बमोजिम निर्वाचनको मिति घोषणा भएसँगै मतदाता नामावली दर्ताको काम स्थगित गरिएको हो । अर्को व्यवस्था नभएसम्मको लागि स्थगन गर्ने आयोगले आइतबार निर्णय...
हेटौंडामा बागमती प्रदेश सर्वदलीय बैठक जारी
मकवानपुर । प्रदेशसभा बैठक संचालको लागि आह्वान गरिएको बागमती प्रदेश सर्वदलीय बैठक हाल जारी छ । सभामुख भुवनकुमार पाठकले आइतबार २ बजेका लागि आह्वान गरिएको सर्वदलीय बैठक एक घण्टा ढिला गरी कही बेरअघि सुरु भएको हो । बैठकमा सभामुख पाठकसहित मुख्यमन्त्री शालिकराम जम्कट्टेल, उपसभामुख अप्सरा चापागाईं, नेकपा एमाले बागमती...
इलाम र बझाङमा वैशाख १५ मा उपनिर्वाचन हुने
काठमाडौं । निर्वाचन आयोगले इलाम र बझाङ जिल्लामा आगामी साल २०८१ को वैशाख १५ मा उपनिर्वाचन गर्ने निर्णय गरेको छ । आयोगको आइतबार बसेको बैठकले कोशी प्रदेशको इलाम–२ र मा सुदूरपश्चिम प्रदेश बझाङ जिल्ला प्रदेशसभा सदस्य निर्वाचन क्षेत्र नं १ मा उपनिर्वाचन गराउने निर्णय गरेको हो । इलाम–२ मा...
समाजवादी मोर्चाको बैठक स्थगित
काठमाडौं । समाजवादी मोर्चाको बैठक स्थगित गरिएको छ । आइतबार अपराह्न ४ बजे बस्ने भनिएको बैठक स्थगित गरिएको हो । माओवादी केन्द्रको बैठक दिउँसो ३ बजेलाई सरेपछि बैठक स्थगित भएको मोर्चा संयोजक नेत्रविक्रम चन्द विप्लवको सचिवालयले जनाएको छ । स्थगित उक्त बैठक भोलि सोमबार बिहान ८ बजे बस्ने विप्लवका...
माओवादी स्थायी समिति बैठक ३ बजे बस्ने
काठमाडौं । नेकपा माओवादी केन्दको स्थायी समिति बैठकको समय परिवर्तन भएको छ । बिहान ११ बजे बस्ने भनिएको उक्त बैठक सरेर दिउँसो ३ बजे बस्ने भएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ । यसअघि शुक्रबार बस्ने भनिएको बैठक प्रधानमन्त्रीको कार्यव्यस्ताका कारण स्थगित भएको थियो । बैठकको रुपान्तरण अभियानको मुख्याङ्न, आगामी अभियानको...
कांग्रेसले आज राष्ट्रिय सभामा निर्वाचित सांसदलाई प्रशिक्षण दिँदै
काठमाडौं । सत्तारुढ दल नेपाली कांग्रेसको संसदीय दलले कांग्रेसबाट राष्ट्रिय सभामा निर्वाचित सदस्यहरूलाई आज प्रशिक्षण दिँदैछ । प्रशिक्षण कार्यक्रम सिंहदरबारस्थित कांग्रेस संसदीय दलको कार्यालयमा बिहान साढे १० बजेबाट सुरु हुने जनाइएको छ । बहालवाला र नवनिर्वाचित राष्ट्रिय सभामा कांग्रेसका सदस्यहरूलाई आज प्रशिक्षण एवम् अन्तरक्रिया गर्न लागेको हो ।
बागमती प्रदेशः सर्वदलीय बैठक आह्वान
मकवानपुर । बागमती प्रदेशका सभाका सभामुख भुवनकुमार पाठकले सर्वदलीय बैठक आह्वान गरेका छन् । सभामुख पाठकले बैठक आज संसद् सचिवालय हेटौंडामा दिउँसो २ बजे बस्ने गरी सर्वदलीय बैठक बोलाइका हुन् । सभामुख पाठकले प्रदेशसभा बैठक बस्नुअघि सर्वदलीय बैठक बोलाएका हुन् । संसद् बैठकको कार्यसूचीबारे छलफल गर्न सर्वदलीय बैठक बोलाएको...
माओवादी केन्द्रको स्थायी समिति बैठक आज बस्दै
काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति आज बस्ने भएको छ । बैठक बिहान ११ बजे पार्टी केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने भएको हो । बैठकमा रूपान्तरण अभियानको मूल्याङ्कन, आगामी अभियानको तयारी, कार्यविभाजन लगायतका विषयमा छलफल गर्ने एजेन्डा रहेको छ । यसअघि शुक्रबार बस्ने भनिएको बैठक प्रधानमन्त्री एवं पार्टी अध्यक्ष...
बागमती प्रदेशका सभामुखद्वारा सर्वदलीय बैठक आह्वान
मकवानपुर । बागमती प्रदेशसभाका सभामुख भुवनकुमार पाठकले सर्वदलीय बैठक आह्वान गरेका छन् । सभामुख पाठकले यही फागुन १३ गते संसद् सचिवालय हेटौंडामा दिउँसो २ बजे बस्ने गरी सर्वदलीय बैठक आह्वान गरेका हुन् । सभामुख पाठकले प्रदेशसभा बैठक बस्नुअघि सर्वदलीय बैठक बोलाएको प्रदेशसभा सचिवालयका प्रवक्ता मनोज गुप्ताले जानकारी दिए ।...
हेटौंडामा युवामैत्री स्थानीय तह विकास कार्यक्रम
मकवानपुर । बागमती प्रदेशको राजधानी हेटौंडामा दुई दिने युवामैत्री स्थानीय तह विकास तथा प्रोत्साहन प्रबोधिकरण कार्यक्रम आजबाट सुरु भएको छ । कार्यक्रम बागमती प्रदेश युवा परिषद्ले आयोजना गरेको हो । बागमती प्रदेशका १३ जिल्लाका १३ वटा स्थानीय तहका प्रमुख, उपप्रमुख तथा प्रमुख प्रशासकिय अधिकृतहरुका लागि यो कार्यक्रम सुरु गरिएको...








