राजनीति/ समाज

त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा बराल

काठमाडौं । त्रिभुवन विश्वविद्यालयका उपकुलपतिमा प्रा.डा.केशरजंग बराल नियुक्त भएका छन् । त्रिविका कुलपति तथा प्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड) ले बिहीबार बराललाई उपकुलपति नियुक्त गरेका हुन् । प्रधानमन्त्रीको सचिवालयका अनुसार हाल पोखरामा रहेका बराल काठमाडौं फर्केर नियुक्तिपत्र बुझ्नेछन् । प्रधानमन्त्री प्रचण्डले उपकुलपति सिफारिसका लागि शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री अशोक राई...

कांग्रेस महासमिति बैठक सकियो

काठमाडौं । नेपाली कांग्रेसको महासमिति बैठक बिहीबार सकिएको छ । गत फाागुन ७ गतेबाट सुरु भएको महासमिति बैठक चार दिन पश्चात आज सम्पन्न भएको हो । बैठक ललितपुरको गोदावरीमा भएको भएको हो । उक्त बैठकबाट विभिन्न प्रस्तावहरू केन्द्रीय समिति बैठकले अन्तिम रुप दिनेगरी सर्वसम्मतिले पारित भएका छन् । समूहगत...

राप्रपा नेपालले चैत्र १ गते बृहत् प्रदर्शन गर्ने

काठमाडौं । राप्रपा नेपालले आगामी चैत्र १ गते काठमाडौंमा बृहत् जनप्रदर्शन गर्ने भएको छ । बिहीबार काठमाडौंमा बसेको जनप्रदर्शन तयारी बैठकले चैत्र १ गतेको मिति तय गरेको महामन्त्री राजाराम बर्तौलाले जानकारी दिए । व्यवस्थाको अन्त्य गर्न, हिन्दु राष्ट्र र राजसंस्था स्थापना गर्न, प्रदेश संरचना खारेज गर्न, भ्रष्टहरुलाई कानुनको कठघरामा...

गणपूरक संख्या नपुगेपछि…

काठमाडौं । प्रतिनिधिसभा बैठक गणपूरक संख्या नपुगेपछि स्थगित भएको छ । बिहीबारका लागि बोलाइएको प्रतिनिधिसभा बैठक शुक्रवार बिहान ११ बजेसम्मका लागि स्थगित गरिएको हो । गणपूरक संख्या नपुगेपछि राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) विधेयक, २०८० सभामा प्रस्तुत हुन सकेन । गृहमन्त्री नारायणकाजी श्रेष्ठको तर्फबाट रोष्टममा सूचना तथा सञ्चार प्रविधिमन्त्री...

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ सम्भावित कार्यसूची

काठमाडौं । संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्ने भएको छ । बैठक बिहान ११ बजे बस्ने गरी आह्वान गरिएको हो । सो बैठकमा विभिन्न विधेयक प्रस्तुत गर्ने तथा प्रस्तावलाई निर्णयार्थ प्रस्तुत गर्ने सम्भावित कार्यसूची रहेको संसद् सचिवालयले जानकारी दिएको छ । यस्तै, बैठकमा सांसद प्रेम सुवालले राजनीतिक दल सम्बन्धी...

कांग्रेसको महासमिति बैठक आज समापन हुँदै

काठमाडौं । नेपाली कांग्रेसको महासमिति बैठक आज समापन हुँदैछ । यही फागुन ७ गतेदेखि ललितपुरको गोदावरीमा जारी कांग्रेस महासमिति बैठक आज सकिने भएको हो । आज छलफलबाट प्राप्त सुझाव प्रस्तुतिपछि चारदिने बैठक समापन हुने भएको हो । महासमिति बैठकको अन्तिम दिन आज बिहान समूहगत छलफलबाट प्राप्त सुझाव पार्टीका प्रदेश...

माओवादी स्थायी समिति बैठक बस्दै

काठमाडौं । नेकपा माओवादी केन्द्रको स्थायी समिति बैठक आज बस्दैछ । बैठकआज बिहान ११ बजे केन्द्रीय कार्यालय पेरिसडाँडामा बस्ने गरी बोलाइएको हो । सो बैठकमा पदाधिकारीको जिम्मेवारी हेरफेर र प्रदेश इन्चार्ज तोक्ने, परिमार्जित विधान अनुमोदन गर्ने, चैत्र–वैशाखमा हुने अभियानको कार्यक्रम र कमाण्डर तोक्नेलगायतका विषयमा छलफल हुने केन्द्रीय कार्यालय सचिव...

जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठक आह्वान

काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालले केन्द्रीय कार्यकारिणी समितिको बैठक आह्वान गरेको छ । बैठक आज बिहान ११ बजे पार्टी कार्यालय बालकुमारीमा बस्ने गरी आह्वान गरिएको हो । जसपाले पार्टीको आसन्न राष्ट्रिय महाधिवेशनको तयारीका सम्बन्धमा छलफल गर्न बैठक बोलाइएको हो । बैठकमा केन्द्रीय नेताहरूलाई जिम्मेवारी बाँडफाँट गर्नेलगायतका विषयमा...

एमाले केन्द्रीय कमिटी बैठक आज पनि बस्दै

काठमाडौं । प्रमुख प्रतिपक्ष दल नेकपा एमालेको केन्द्रीय कमिटी बैठक आज पनि बस्ने भएको छ । गत फागुन ८ गतेदेखि सुरु भएको एमाले केन्द्रीय समितिको बैठक आज पनि बस्न लागेको हो । आजको समूहगत छलफलको निष्कर्ष सुनाइने भएको छ । बैठकमा प्रस्तुत चारवटा कार्ययोजनामा हिजो समूहगत छलफल भएको थियो...

प्रधानन्यायाधीशद्वारा राष्ट्रपतिसमक्ष वार्षिक प्रतिवेदन पेश

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलसमक्ष सर्वोच्च अदालत, न्याय परिषद् र न्याय सेवा आयोगको वार्षिक प्रतिवेदन पेश गरिएको छ । बुधवार प्रधानन्यायाधीश विश्वम्भरप्रसाद श्रेष्ठले राष्ट्रपति पौडेलसमक्ष वार्षिक प्रतिवेदन पेश गरेका हुन् । न्याय परिषद्का अध्यक्ष समेत रहेका श्रेष्ठले नेपालको संविधानको धारा १३८ बमोजिम प्रतिवेदन पेश गरेको राष्ट्रपति कार्यालयले जनाएको छ...