राजनीति/ समाज
त्रिवि उपकुलपति बरालले गरे पदभार ग्रहण
काठमाडौं । त्रिभुवन विश्वविद्यालयका नवनियुक्त उपकुलपति प्राडा केशरजंग बरालले पदभार ग्रहण गरेका छन् । कीर्तिपुरस्थित उपकुलपति कार्यालय पुगेर उनले पदभार ग्रहण गरेका हुन् । उनलाई निमित्त कुलपति प्रा.डा. शिवलाल भुसालले पदभार ग्रहण गराएका थिए । पदभार ग्रहण कार्यक्रममा त्रिविका रेक्टर, रजिस्ट्रार डीन लगायतका पदाधिकारी तथा शिक्षक कर्मचारी सहभागी थिए...
बागमती प्रदेश प्रमुख शर्माले बोलाए संसद् अधिवेशन
मकवानपुर । बागमती प्रदेश प्रमुख यादवचन्द्र शर्माले प्रदेशसभाको हिउँदे अधिवेशन बोलाएका छन् । प्रदेश प्रमुख शर्माले आज एक विज्ञप्ति जारी गर्दै यही फागुन १५ गते बस्ने गरी प्रदेशसभाको हिउँदे अधिवेशन बोलाएका हुन् । प्रदेश प्रमुख शर्माले बागमती प्रदेश सरकारको मन्त्रिपरिषदको सिफारिसमा नेपालको संविधान धारा १८३ उपधारा १ बमोजिम प्रदेशसभाको...
राष्ट्रपति र राष्ट्रियसभाका अध्यक्षबीच भेटवार्ता
काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेल र राष्ट्रियसभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सनाबीच भेटवार्ता भएको छ । उनीहरुबीच आज विहान राष्ट्रपति भवन शीतल निवासमा भेटजार्ता भएको राष्ट्रपतिको सचिवालयले जनाएको छ । राष्ट्रपतिको सचिवालयका अनुसार, सो भेटमा समसामयिक विषयमा छलफल भएको थियो । अध्यक्ष तिमिल्सनाको कार्यकाल यही फागुन २० गते सकिँदैछ ।
माओवादी केन्द्रको बैठक आइतबारसम्मका लागि स्थगित
काठमाडौं । नेकपा माओवादी केन्द्रको बैठक आइतबारसम्मका लागि स्थगित भएको छ । शुक्रबार बस्ने भनिएको माओवादी केन्द्रको स्थायी समिति बैठक आइतबार बिहान ११ बजे बस्ने गरी स्थगित गरिएको हो । रूपान्तरण अभियानको मूल्याङ्कन, आगामी अभियानको तयारी, कार्यविभाजन लगायत एजेन्डामा छलफल गर्न माओवादीले बैठक बोलाएको थियो । प्रधानमन्त्री एवम् अध्यक्ष...
जनजागृती माविलाई प्रोजेक्टर हस्तान्तरण
मकवानपुर । नेपाल तामाङ घेदुङ जिल्ला समन्वय समिति मकवानपुर अध्यक्ष तथा नेपाली कांग्रेस मकवानपुर जिल्ला सदस्य कालू घलानले बकैयाको एक विद्यालयलाई एक थान प्रोजेक्टर हस्तान्तरण गरेका छन् । घलानले शुक्रबार एक कार्यक्रमबीच जिल्लाको बकैया गाउँपालिका वडा नम्बर ८ वीरेफाँटस्थित श्री जनजागृति माध्यमिक विद्यालयमा पुगेर उक्त प्रोजेक्टर हस्तान्तरण गरेका हुन्...
लोसपाको केन्द्रीय सचिवालयमा पाँच नेता मनोनयन
काठमाडौं । लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा) नेपालको केन्द्रीय सचिवालयमा पाँच नेता मनोनयन भएका छन् । पार्टीका केन्द्रीय अध्यक्ष महन्थ ठाकुरले एक विज्ञप्ति जारी गर्दै विभिन्न पदमा पाँच नेतालाई मनोनयन गरिएको जानकारी गराएका हुन् । संशोधित विधान अनुसार पार्टीको केन्द्रीय कार्यालय व्यवस्थापन, संचालन तथा पार्टीको निर्णय कार्यान्वयन गर्ने उद्देश्यले पाँच...
एमाले कैलालीको नेतृत्व चयनका लागि आज मतदान
मकवानपुर । नेकपा एमाले कैलालीको नेतृत्व चयन गर्न आज मतदान सुरु भएको छ । सुखडमा रहेको घोडाघोडी बहुमुखी क्याम्पसको सभाहलमा अहिले मतदान भइरहेको छ । मतदान दिउँसो १ बजेसम्म चल्ने जनाइएको छ । एमालेको नेतृत्वका लागि कार्यवाहक अध्यक्ष दुर्गाप्रसाद जोशी, सचिव डेजी पाण्डे र पूर्व प्रदेश सचिवालय सदस्य यज्ञराज...
कांग्रेस महासमिति बैठकमा उठ्यो गाँजा बैधानिकताको विषय
मकवानपुर । नेपाली कांग्रेसको चार दिनदेखि सञ्चालित महासमितिको बैठकमा गाँजा बैधानिकताको विषय उठान भएको छ । नेपाली कांग्रेस मकवानपुरका तरुण नेता एंव महासमिति सदस्य राजेश भेटवालले गाँजा कृषिलाई वैधानिता दिनुपर्ने माग राखेका हुन् । भेटवालले मकवानपुरको विकट क्षेत्र राक्सिराङ र कैलाश गाउँपालिका क्षेत्रमा लगाईने गाँजालाई अब सरकारले वैधानिकता दिनेतर्फ...
जसपाको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज पनि जारी
काठमाडौं । जनता समाजवादी पार्टी (जसपा) नेपालको केन्द्रीय कार्यकारिणी समितिको बैठक आज पनि जारी रहने भएको छ । यसअघि हिजो पार्टी कार्यालय बालकुमारीमा बसेको बैठकमा पार्टीको आसन्न राष्ट्रिय महाधिवेशनको तयारीबारे छलफल भएको छ । राष्ट्रिय महाधिवेशनलाई कसरी सफल बनाउने, नेताहरूको जिम्मेवारी बाँडफाँड गर्नेलगायत विषयमा हिजो छलफल भएको पार्टीका कार्यकारिणी...
संघीय संसद्का दुवै सदनको बैठक बस्दै
काठमाडौं । आज संघीय संसद्को दुबै सदनको बैठक बस्ने भएको छ । जसअनुसार प्रतिनिधिसभा बैठक संघीय संसद भवन, नयाँ बानेश्वरमा बिहान ११ बजे बस्ने गरी बोलाइएको छ । बिहीबारको बैठकमा उपप्रधानमन्त्री एवम् गृह मन्त्री नारायणकाजी श्रेष्ठले ‘राजनीतिक दल सम्बन्धी (दोस्रो संशोधन) विधेयक २०८०’ प्रस्तुत गर्ने कार्यसूची रहेको थियो ।...










